सुनिल शिवाकोटी
१७ भदौं,हेटाैंडा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका २वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस हुने क्रम जारी रहेको छ। विभिन्न दलहरुले नाम सिफारिस गर्ने क्रममा रहेपनि कांग्रेस मकवानपुरबाट भने दुवै सभाको निर्वाचनका लागि उम्मेदवारहरुको नाम क्षेत्रीय समितिबाट सिफारिस भइ आएको छ।
बुधबार,बिहीबार र शुक्रबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को (क) र (ख) अन्तर्गत क्षेत्रीय कार्य समिति बैठकले क्षेत्र नम्बर २ (क) र (ख) ले छुट्टाछुटै प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ।
बहिबार बसेको कांग्रेस मकवानपुर क्षेत्र नम्बर-२ ख को बैठकले संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति रञ्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा समानुपातिक सदस्यतर्फ बागमती प्रदेश सदस्य एवम् प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा,उमा दाहालको नाम सिफारिस गरेको छ। प्रजाको नाम पहिलो र दाहालको नाम दोस्रो नम्बरमा सिफारिस गरेको हो। यता बैठकले प्रदेशसभा सदस्यतर्फको उम्मेदवारको रुपमा ४ जनाको नाम सिफारिस गरेको छ । सफारिस गरिएको पहिलो नम्बरमा कांग्रेका प्रभावशालि नेता एव बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको नाम रहेको छ ।त्यसैगरी अन्यमा
कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठक रहेका छन्।बैठकले प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको छ।
प्रदेश सदस्यका लागी समानुपातिकतर्फ जानकी लामा तामाङ र जानुकी लामा सहित १७ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सचिव कृष्ण योञ्जनले जानकारी दिएका छन्। ।
त्यसैगरी उमेदवार सिफारिस गर्ने क्रममा मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरिएको छ।
शुक्रबार क्षेत्र २ (क)सभापति खड्ग गोपालीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर २ प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ जयराम लामिछानेकाे एक मात्र नाम सिफारिस गरेकाे छ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ उदयमाेहन श्रेष्ठ, आनन्द कठायत र गाेरीमाया लामाकाे नाम सिफारिस गरिएको छ ।यता प्रदेशसभाकाे प्रत्यक्षतर्फकाे उम्मेदवारकाे लागि भने ९ जनाकाे सिफारिस गरिएको छ। क्षेत्र २ क बाट प्रत्यक्ष उम्मेदवारकाे लागि भीम लामा, यतिराज सापकाेटा, ईश्वरनाथ पाैडेल, महेन्द्र राउत, याेगेन्द्रमान श्रेष्ठ, गाेपिराम बल, राज मैनाली, ओमबहादुर बस्नेत र रन्जन कठायतकाे नाम र प्रदेश समानुपातिकमा महिला र पुरुषतर्फ गरी १८ जनाकाे नाम सिफारिस गरिएको क्षेत्र (क) का सभापति खड्ग गोपालीले बताएका छन्।
समानुपातिक पुरुषतर्फ खड्ग गाेपाली, कृष्णभक्त श्रेष्ठ, भरत लामा, रामचन्द्र थिङ, राजेन्द्र विडारी, पुरुषाेत्तम विक, बुद्धिबहादुर सिन्जाली, रमेश राैनियार, विश्वलाल वाइबा, रुपक बानियाँ र मदन जाेशीकाे नाम सिफारिस भएकाे छ ।त्यस्तै प्रदेश समानुपातिक महिलातर्फ ईश्वरी शाही ठकुरी, राममाया केसी, भवानी प्रधान, निलम देवकाेटा, जानकी गिरी, शान्ता विक, समिता सुनार रसाइलीकाे नाम सिफारिस गरिएको छ ।
त्यसैगरी कांग्रेसले मकवानपुर क्षेत्र नम्बर १ (क) बाट पनि उम्मेदवारको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष तथा समानुपातिक गरी १८ जना सिफारिस गरेको हो।
कांग्रेस मकवानपुर–१(क) प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ र समानुपातिक तर्फ १५ जनाको नाम सिफारिस गरेको हो । बैठकले प्रत्यक्ष तर्फ दामोदर खनाल, मिठारम दाहाल तथा भुमिनन्द गौतमको नाम सिफारिस गरेको क्षेत्र १ (क) का सभापति शुसान्त श्रेष्ठले बताए।
बैठकले प्रदेशसभा समानुपातिकतर्फ रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान मान बहादुर लामा, उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राईको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ। बैठकले प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम भने सिफारिस नगरेको बुझिएको छ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















