१८भदौं,हेटौंडा। नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण भएको छ।उक्त कार्य शुक्रबार हेटौँडा -१८ गुम्बाडाँडामा सम्पन्न भएको हो ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो । श्यामप्रसाद शर्माबारे गरिएको परिचर्चा कार्यक्रमका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन तथा अनावरण गर्नुभएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने , साहित्यकारहरू घनश्याम घिमिरे, अनिता न्यौपाने ,पुरुषोत्तम आचार्य , छवि अनित्य , अरुण खतिवडालगायतले श्यामप्रसादबारे चर्चा गर्नुभएको थियो । त्यस्तै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
प्रतिमा अनावरण गरिएका श्यामप्रसादको २०७४ सालमा दैहिक जीवन समापन भएको थियो । श्यामप्रसाद प्रगतिशील लेखक सङ्घ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन मन्थली गाविस सोलिथुम मकवानपुरमा वि. स. १९८६ मा जन्मिनुभएको उहाँको लेखनी कविता बालगीत ,निबन्ध, गीत, राजनैतिक विषयका लेख, समालोचना, डायरी आदि आयाममा फैलिएको छ । २०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवन बिताउनुभएको उहाँ नेपाली जनमानसमा लेखन, सङ्ठनकर्ता र सरल जीवनशैलीका कारण सधैँ स्मरणीय उहाँको स्मरण र सम्मानमा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले स्मृति पार्क र प्रतिमा निर्माण गरेको हो।प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापना गर्नु महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूलाई जीवन्त राख्नु महत्वपूर्ण कुरा हो र श्यामप्रसाद सबैभन्दा बढी उनका विचारहरूबाट जीवन्त छन् भन्ने धारणा राखिएको थियो। प्रतिष्ठान सदस्य शङ्कर बानियाँले स्वागत गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य अवस्था प्रतिकूल रहनुभएका प्रतिष्ठान अध्यक्ष कौशल पाण्डेको स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडाले आर्थिक जानकारी प्रस्तुत गरेका थिए।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















