Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

गुम्बाडाँडामा श्यामप्रसाद स्मृति पार्क तथा प्रतिमा अनावरण

१८भदौं,हेटौंडा। नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण भएको छ।उक्त कार्य शुक्रबार हेटौँडा -१८ गुम्बाडाँडामा सम्पन्न भएको हो । 

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो । श्यामप्रसाद शर्माबारे गरिएको परिचर्चा कार्यक्रमका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन तथा अनावरण गर्नुभएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने , साहित्यकारहरू घनश्याम घिमिरे, अनिता न्यौपाने ,पुरुषोत्तम आचार्य , छवि अनित्य , अरुण खतिवडालगायतले श्यामप्रसादबारे चर्चा गर्नुभएको थियो । त्यस्तै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 

प्रतिमा अनावरण गरिएका श्यामप्रसादको २०७४ सालमा दैहिक जीवन समापन भएको थियो ।  श्यामप्रसाद  प्रगतिशील लेखक सङ्घ नेपालको  संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन मन्थली गाविस सोलिथुम मकवानपुरमा वि. स. १९८६ मा जन्मिनुभएको उहाँको लेखनी कविता बालगीत ,निबन्ध, गीत, राजनैतिक विषयका लेख, समालोचना, डायरी आदि आयाममा फैलिएको छ । २०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवन बिताउनुभएको उहाँ नेपाली जनमानसमा लेखन, सङ्ठनकर्ता र सरल जीवनशैलीका कारण सधैँ स्मरणीय उहाँको स्मरण र सम्मानमा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले स्मृति पार्क र प्रतिमा निर्माण गरेको हो।प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापना गर्नु महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूलाई जीवन्त राख्नु महत्वपूर्ण कुरा हो र श्यामप्रसाद सबैभन्दा बढी उनका विचारहरूबाट जीवन्त छन् भन्ने धारणा राखिएको थियो। प्रतिष्ठान सदस्य शङ्कर बानियाँले स्वागत गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य अवस्था प्रतिकूल रहनुभएका प्रतिष्ठान अध्यक्ष कौशल पाण्डेको स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडाले आर्थिक जानकारी प्रस्तुत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार