१८ भदौं,हेटौंडा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि विभिन्न दलहरुले उम्मेदवार सिफारिस गरि पठाउने क्रममा रहेका छन्। यसै क्रममा एमाले मकवानपुर पनि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। एमाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टा बैठकले सो नाम सिफारिस गरेको हो। एमालेले मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवारको लागि ५ जनाको नाम सिफारिस गरेको छ।
बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना,केन्द्रीय सदस्य तथा हालका प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल,नरहरी महत र रमिला सापकोटालाई उम्मेद्वारका लागि सिफारिस गरेको हो ।त्यसैगरी शनिबार बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर २ को बैठकले ३ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो।दुबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम
जिल्ला कमिटीलाई सिफारिस गरेको हो । एमालेको शुक्रबार चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले जिल्लाको चार प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ २३ जना सिफारिस गरेको थियो।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभामा अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने र सीता बिष्टलाई सिफारिस गरेको हो।
त्यस्तै प्रदेशसभा १ ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसीको नाम सिफारिस गरिएको हो ।
त्यसैगरी एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को (क ) बाट प्रदेशसभामा बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवाको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभा ’ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को सिफारिस गरिएको एमाले मकवानपुर श्रोतले बताएको छ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















