१९ भदौं सिमरा।बारामा प्रहरी र डाँका समुह बिच गोलीहाना भएको छ।शनिबार राति ११ बजेको समयमा जीतपुर सिमरा वडा नम्बर-२३ स्थित भलुहीमा डाँका समुह र प्रहरी समूह बिच भिडन्त भएको हो। डाँका समुह र प्रहरी विच दोहोरो गोली हानाहानसँगै झडप भएको बारा प्रहरीले जनाएको छ।
भलुही स्थित ग्याँस सिलिन्डर बनाउने एरोटेक प्राली लुट्न पुगेका डाँका समुहले गेटमा रहेका कम्पनीका शुरक्षा गार्डलाई कुटपिट गरी डाँकाजनी गरिरहेको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय जितपुरबाट वरिष्ठ सई कमल बहादुर शाहीको नेतृत्वमा गएको प्रहरीलाई डाँका समुहले फायर खोलेसँग दोहोरो भिडन्त भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन्।
डाँका समूहले एक राउण्ड फायर गरेका थिए भने प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जनाइएको छ।लुट्न आएकामध्ये दुई जनालाई पक्राउ गरिएको र डाँकाको रड प्रहारबाट एकजना वरिष्ठ सई घाइते भएको उनको खतरामुक्त अवस्थामा विरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ ।पक्राउ परेका डाँका सोही उपमहानगरको भएको र उनीहरूलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको जनाइएको छ।घटनामा संलग्न अन्यको खोजी कार्य तीव्र पारिएको प्रहरी प्रमुख बोगटीले जनाएका छन्।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















