Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन दुई कार्यक्रम सम्पन्न

FB_IMG_1662296162293-1662296297.jpg

१९ भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज आइतबार दुईवटा कार्यक्रम सम्पन्न भएको छ।सप्ताहव्यापी पहिलो दिनको पहिलो कार्यक्रम अन्तर्गत बिहान लागुऔषध दुर्व्यवसनी सम्बन्धी हेटौंडा-९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। 
उक्त कार्यक्रम हेटौंडा-९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संग्राम बल लामाले जनाएका छन्। कार्यक्रमको सभाध्यक्षता हेटौंडा जेसिज अध्यक्ष पवन कुमार कंशाकारको रहेको थियो। विद्यालयमा अध्यययनरत विद्यार्थीहरुलाई लागुपदार्थ सेवन र त्यसबाट हुने बेफाइदाको बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाल, मुल कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ,सह संयोजक महेश अधिकारीको उपस्थिती रहेको थियो। कार्यक्रममा सिआन पुनःस्थापना केन्द्रका प्रतिनिधि उत्सव अर्यालले सहजिकरण गरेका थिए। 
त्यसैगरी जेसिजको दोस्रो कार्यक्रम अन्तर्गत दिउँसो प्रतिभा अभिमुखिकरणा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 
जेसिज अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि हेटौंडा जेसिजका पुर्व अध्यक्ष माधव कुमार न्यौपाने रहेका थिए। 
१७ जना सहभागीको सहभागीता रहेको कार्यक्रमको प्रशिक्षण पुष्पराज मगरले गरेका थिए। कार्यक्रममा हेटौंडा लेडि जेसिजकी महासचिव दिलु घर्ती मगर, बस्तिपुर जेसिजका कार्यकारिणी उपाध्यक्ष अमृत पाठक लगायतको उपस्थिती रहेको थियो। 
जेसिजको भोली २० गते सोमबार रक्तदान कार्यक्रम,फलफुल वितरण तथा स्लो मोटरसाइकल रेस गरी ३ वटा कार्यक्रम रहेको हेटौंडा जेसिज महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार