२०भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोमबार पनि तिन वटा कार्यक्रम सम्पन्न भएको छ।जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान हेटौंडा-४ हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजन गरेको थियो। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा हेटौंडा-४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सञ्जय कुमार न्यौपानेले बताएका छन्।
त्यसैगरी जेसिजले दोस्रो कार्यक्रम अन्तर्गत फलफूल वितरण गरेको छ। हेटौंडा अस्पतालमा ४० जना विरामीलाई फलफूल तथा पौष्टिक आहार वितरण गरेको कार्यक्रम संयोजक सुरज कंशाकारले जनाएका छन्।फलफूल वितरण कार्यक्रममा हेटौंडा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो।
त्यसैगरी जेसिजको तेस्रो कार्यक्रम अन्तर्गत दिउँसो स्लो मोटरसाइकल रेस सम्पन्न भएको छ। सितल महल चोकबाट ओम हल सम्म तोकिएको स्लो मोटरसाइकल रेस कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखराका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने रहेका थिए। १५ जना सहभागी उक्त कार्यक्रमको प्रयोजन हेटौंडा-४ मा रहेको आर एस लाइफ स्टाइलले गरेको थियो।प्रतियोगितामा कविदेव सुनार,नवराज त्रिपाठी र प्रतिक कोइराला क्रमश प्रथम,दृतीय र तृतीय भएका थिए। विजयी सबैलाई हेलमेट र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरन आलेले जनाएका छन। तिन वटै कार्यक्रम मा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक शीवकुमार श्रेष्ठ,सह संयोजक महेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली मंगलबार बेङ्कर र जेसिज प्रतिनिधी बिच फुटसल,सरसफाइ कार्यक्रम र पौडी प्रतियोगिता आयोजना गरिएको महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















