Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसिजको मंगलबार फुटसल,सरसफाइ र पौडी प्रतियोगिता

GridArt_20220906_20033971-1662474290.jpg

२१भदौं,हेटौंडा  । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मंगलबार पनि तिन वटा कार्यक्रम सम्पन्न भएको छ। जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान फुटसल प्रतियोगिता भएको छ।  हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको बेङ्कर र जेसिज बीचको फुटसल प्रतियोगितामा 
मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्कीको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा बेङ्करले जेसिज टोलीलाई ४ का विरुद्ध ३ गोल अन्तरले पराजित गरेको थियो।भाइचार र आपसी सहकार्य कायम गर्ने उद्देश्यका साथ फुटसलको आयोजना गरेको कार्यक्रम संयोजक विवेक फुयाँलले  बताएका छन्। त्यसैगरी जेसिजले दोस्रो कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम गरेको छ। 
हेटौंडामा फैलिएको डेङ्गु तथा उपमहानगरपालिकाको सरसफाइ अभियानलाई सहयोग पुर्याउने उद्देश्यका साथ सरसफाइ कार्यक्रमको आयोजन गरिएको कार्यक्रम संयोजक राहुल जालानले जनाएका छन्। सरसफाइ कार्यक्रममा हेटौंडा जेसिजका पुर्व अध्यक्ष कृष्ण बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पुर्व अध्यक्ष रवि  नेपाल,नारायणगढ जेसिज अध्यक्ष अमृत श्रेष्ठ, सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक शीवकुमार श्रेष्ठ,सह संयोजक महेश अधिकारी लगायतको उपस्थिती रहेको थियो । 
त्यसैगरी आजको तेस्रो कार्यक्रम अन्तर्गत  अपरान्ह पौडी प्रतियोगिता आयोजना गरेको छ। ५० मिटर दुरीको उक्त प्रतियोगिताको प्रमुख अतिथी मकवानपुर पौडी संघका अध्यक्ष सुवास खतिवडा रहेका थिए। 
१२ जना सहभागि प्रतियोगितामा बाल गोपाल अधिकारी प्रथम,सुगम अर्याल दृतीय र बिमलेश मिश्र तृतीय भएका थिए। विजेताले पहिलो,दोस्रो र तेस्रो हुनेले  निर्धारित दुरी क्रमश ४७. ५० सेकेन्ड,४७.५७ सेकेन्ड र ४८.१० सेकेन्डमा पार गरेका थिए। विजेताले क्रमश नगद ३ हजार,दुई हजार र १ हजार प्राप्त गरेको कार्यक्रम संयोजक विराज गौतमले बताएका छन।  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली बुधबार वृक्षारोपण कार्यक्रम,अन्तर जेसीज ओरेटरी कार्यक्रम आयोजना गरिएको महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार