Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मकवानपुरमा कार भित्र १६० किलो गाँजा, हेटौंडामा लागुऔषध सहित तिन युवा पक्राउ

Dpo-mkwanpur-1662643384.jpg

२३ भदौं,हेटौंडा । मकवानपुर प्रहरीले बिहीबार लागुऔषध सहित एउटा कार तथा चालक र लागुऔषध सहित तिन युवालाई पक्राउ गरेको छ। बिहीबार अपरान्ह जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषध बरामद र लागुपदार्थ सहित मानिस पक्राउ गरेको जनाएको हो। 
बिहीबार छुट्टा छुट्टै स्थानमा मकवानपुर प्रहरी कार भित्र १६० किलो लागुऔषध गाँजा र लागुऔषध डाईजेपाम ट्याब्लेट १८३१ पिस र  ७७ बोलत वनरेक्स  सहित तिन युवालाई पक्राउ गरेको हो। 
बिहीबार बिहान मकवानपुरको पालुङ तर्फबाट हेटौंडा आउदै गरेको  बा २० च ६८ नम्बरको होण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१  बागझोरामा नियन्त्रण लिइ चेकजाँच गर्दा  कार भित्र पोका पारेको अवस्थामा १६० किलो लागुऔषध गाँजा बरामद गरेको मकवानपुरका एसपी बामदेव गौतमले पत्रकार सम्मेलनमा बताए। 
प्रहरीले गाँजा सहित कार  चालक  चितवन भरतपुर महानगरपालिका - २४ बस्ने ४३ बर्षीय टेक बहादुर गुरुङलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीले  निजको साथबाट बिभिन्न दरको स्रोत नखुलेको  १३८००० रुपैया बरामद गरेको जनाएको छ। 
त्यसैगरी मकवानपुर प्रहरीले हेटौंडा-५ सिचाईटोलबाट लागुऔषध नाईट्राभेट,वनरेक्स सहित तिन युवालाई पक्राउ गरेको छ। 
प्रहरीले सिचाई टोल  बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध नाईट्रोभेट - ३१६ ट्याब्लेट र वनरेक्स १०० एमएल को  १४ बोत्तल फेला परेको हो। मकवानपुरका एसपी गौतमका अनुसार 
निज खेम्कालाई नियन्त्रणमा लिई तत्काल सोधपुछ गर्दा सोही स्थान बस्ने २६ बर्षीय रविन श्रेष्ठ र  मकवानपुर भिमफेदी गाउँपालिका - ५ घर भई हाल हेटौडा  ५ सिचाईटोल डेरा गरी बस्ने  ३० बर्षीय प्रमोद कार्कीको संलग्ना रहेको भनि बताएको हुँदा तत्कालै प्रहरी टोली खटि गई रविन श्रेष्ठ र प्रमोद कार्कीको कोठा खानतलासी गर्दा प्रमोद कार्कीको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध नाईट्राभेट- १५४५ ट्याब्लेट र वनरेक्स १०० एमएल  ६३  बोत्तल फेला पारिएको बताए।पक्राउ परेका चारैजना माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई बिहीबार अपरान्ह पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लागुऔषध कारोबारको अप्रेशनमा अछाम प्रहरी
Screenshot_20240727_16425-1722077969.jpg

१२ साउन, साफेबगर। जिल्ला प्रहरी कार्यालय अछामको नेतृत्व समाल्न पुगेका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद...

मृत्युको विषयलाई लिएर आफन्तबाट अस्पतालमा तोडफोड
Screenshot_20240727_16235-1722076748.jpg

१२ साउन, कञ्चनपुर । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसीव चौधरी मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड...

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्ने
Jasapa-party-office-1722070909.jpg

१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३०...

हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो
102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

थप समाचार