२३ भदौं,हेटौंडा । मकवानपुर प्रहरीले बिहीबार लागुऔषध सहित एउटा कार तथा चालक र लागुऔषध सहित तिन युवालाई पक्राउ गरेको छ। बिहीबार अपरान्ह जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषध बरामद र लागुपदार्थ सहित मानिस पक्राउ गरेको जनाएको हो।
बिहीबार छुट्टा छुट्टै स्थानमा मकवानपुर प्रहरी कार भित्र १६० किलो लागुऔषध गाँजा र लागुऔषध डाईजेपाम ट्याब्लेट १८३१ पिस र ७७ बोलत वनरेक्स सहित तिन युवालाई पक्राउ गरेको हो।
बिहीबार बिहान मकवानपुरको पालुङ तर्फबाट हेटौंडा आउदै गरेको बा २० च ६८ नम्बरको होण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ बागझोरामा नियन्त्रण लिइ चेकजाँच गर्दा कार भित्र पोका पारेको अवस्थामा १६० किलो लागुऔषध गाँजा बरामद गरेको मकवानपुरका एसपी बामदेव गौतमले पत्रकार सम्मेलनमा बताए।
प्रहरीले गाँजा सहित कार चालक चितवन भरतपुर महानगरपालिका - २४ बस्ने ४३ बर्षीय टेक बहादुर गुरुङलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीले निजको साथबाट बिभिन्न दरको स्रोत नखुलेको १३८००० रुपैया बरामद गरेको जनाएको छ।
त्यसैगरी मकवानपुर प्रहरीले हेटौंडा-५ सिचाईटोलबाट लागुऔषध नाईट्राभेट,वनरेक्स सहित तिन युवालाई पक्राउ गरेको छ।
प्रहरीले सिचाई टोल बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध नाईट्रोभेट - ३१६ ट्याब्लेट र वनरेक्स १०० एमएल को १४ बोत्तल फेला परेको हो। मकवानपुरका एसपी गौतमका अनुसार
निज खेम्कालाई नियन्त्रणमा लिई तत्काल सोधपुछ गर्दा सोही स्थान बस्ने २६ बर्षीय रविन श्रेष्ठ र मकवानपुर भिमफेदी गाउँपालिका - ५ घर भई हाल हेटौडा ५ सिचाईटोल डेरा गरी बस्ने ३० बर्षीय प्रमोद कार्कीको संलग्ना रहेको भनि बताएको हुँदा तत्कालै प्रहरी टोली खटि गई रविन श्रेष्ठ र प्रमोद कार्कीको कोठा खानतलासी गर्दा प्रमोद कार्कीको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध नाईट्राभेट- १५४५ ट्याब्लेट र वनरेक्स १०० एमएल ६३ बोत्तल फेला पारिएको बताए।पक्राउ परेका चारैजना माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई बिहीबार अपरान्ह पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















