Email :- prastakhabar@gmail.com
राजनीति

प्राबिधिक शिक्षाको बिकासमा बागमती सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

Screenshot_20220909-09114-1662694292.jpg

२४ भदौ,हेटौंड । बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्राबिधिक शिक्षाको बिकास गर्नको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी  छिन्।

मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको प्राबिधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद् (सिटिभिटि)ले कृषि तथा बाली बिज्ञान विषयको अध्ययनको लागि निर्माण गरेको ग्रीन हाउस उद्घाटनका क्रममा प्राबिधिक शिक्षाले स्वरोजगार हुन सहयोग गर्ने भएको हुँदा प्रदेश सरकारले प्राबिधिक शिक्षालाई जोड दिने उल्लेख गरिन।

तेस्तै मन्त्री मोक्तानले बिहिबार नै बागमती प्रदेश सरकारको सहयोगबाट संचालन भएको शंखादेबी आवाशिय माबि मझिमटारको अनुगमन तथा निरिक्षण गरेकि थिइन ।

मन्त्री मोक्तानले धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमामा सहभागी भइ सामाजिक बिकास मन्त्रालयको सहयोगमा निर्माण भएको आदर्श बहुमुखी क्याम्पसको अनुगमन, निरीक्षण गरी पुर्वाधार बिकास संगै गुणस्तर सुधार गर्न सुझाब दिइन् । मन्त्री मोक्तानले सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको अनुगमन, निरीक्षण सहित प्रभावकारी ढंगले कार्य गर्न सुझाव निर्देशन दिइन्।मन्त्री संलग्न कार्यक्रमहरुमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुबेदी, गजुरी गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार