Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

कैलाशकाे १०० दिन,आशालाग्दाे सफलता-अध्यक्ष मुक्तान

Kailsah-1662717050.jpg

२४ भदौं,हेटौंडा । कैलाश गाउँपालिकाले १०० दिनको प्रगति विवरण सार्वजिनक गरेको छ ।

स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा  निर्वाचित भएर पदभार ग्रहण गरेपछिको   १०० दिनको प्रगति विवरण सार्वजनिक भएको हो। शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोक बहादुर मुक्तानले १०० दिनको अवधिमा भएका प्रगति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी, वडाध्यक्षहरू राजेन्द्र घिसिङ, भुवनसिं घलान लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।

अध्यक्ष मुक्तानले यति छाेटाे समयमा पालिकाले प्राप्त गरेको सफलतामा खुसि व्यक्त गर्नुभयो । निर्वाचित भएर आउँदा आर्थिक बर्ष सकिनै लागेकाे र नयाँ आर्थिक बर्ष पनि यहि अवधिमा सुरू भई नयाँ कार्यक्रमहरू सुरु गर्न खाेजिरहेकाे अवस्थामा पालिका बाट भएका कामहरू हेर्दा आगामी दिनहरूमा अझ राम्राे गरि काम गर्न प्रेरणा मिलेको उनले बताए । 

पालिकाले ५ सय घरपरिवारको स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने सम्पुर्ण महिलाहरूलाई नेपाल सरकारले नियमानुसार दिने सुविधाको अतिरिक्त थप २ हजार रूपैंया पोषण भत्ता व्यवस्था गरिएको छ । हरेक वडाबाट २ जनाका दरले २० जना विद्यार्थीलाई कृषि/पशु जेटीए पढाउन सुरु गरिएको छ । 

यसैगरी जटिल खालका प्रसब व्यथा लागेका महिलाहरूलाई सम्बन्धित अस्पतालसम्म पुर्‍याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ ।वडा नम्बर ९ र १० मा दुग्ध चिस्यान केन्द्र स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ । गाउँपालिका वडा कार्यालयहरु र सम्पुर्ण स्वास्थ्य चौकीहरुमा ईन्टरनेटको व्यवस्था गर्नकाे लागि नेपाल दुरसञ्चार संस्थानसँग 4G संचालनको लागि पहल भैरहेको, न्यून वेतनमा काम गरिरहेका कर्मचारीलाई न्यायाेचित तलव सुविधाको व्यवस्था गरिएको साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक ३ सय रूपैंया थप  व्यवस्था गरिएको छ । 

पूर्वाधारतर्फ गाउँपालिकादेखि किर्तिमान डाँडासम्मको १ किमि वाटोलाई चौडा गरि ग्राभेल गरिएको छ । २ सय २५ घरधुरीलाई खर मुक्त छाना अभियानको सुभारम्भ गरिएको छ । पालिकाकाे महत्वपूर्ण सडकहरूमा पक्की पुलकाे निर्माणकाे थालनि गरिएको छ । यसैगरी ४ वटा पक्की पुल निर्माण गर्नकाे लागि डीपिआर तयार गरि सम्वन्धित मन्त्रालयमा कुरा भैरहेको र ४ वटा झाेलुङ्गे पुलको बजेट विनियोजन गरिएको छ ।यसैगरी पालिकाबाट सरूवा भएका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईको विदाई गरिएको छ भने पालिकामा आउनुभएका नयाँ प्रशासकीय अधिकृत अशाेक बिष्टलाई स्वागत गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
मकवानपुरमा पराल बोकेको ट्रक पल्टियो, कम्तिमा ५ घाइते
IMG_20231206_125945-1701846986.jpg

२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको  भिमफेदी-८  गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते...

बुधवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701844669.png

२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...

काठमाडौंको न्युरोडबाट एक सुन पसले पक्राउ
IMG_0837-1701844395.png

२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...

सुन गाल्ने कारखानामा प्रहरीको छापा
Screenshot_20231206_10172-1701837158.jpg

२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी
Dipak_Bista-1632926040-1701826636.jpg

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...

गृहमन्त्री श्रेष्ठको गंगालालमा एन्जियोप्लास्टी सर्जरी
Narayankaji-Shrestha_stim-1701825881.jpg

२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने
Screenshot_20230323_08415-1701825136.jpg

२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...

महिला हिंसा बिरुद्ध हेटौँडा उपमहानगरको सचेतना कार्यक्रम
IMG_20231205_153805-1701789902.jpg

१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...

मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया
377236044_889670122793667-1701789492.jpg

१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...

थप समाचार