१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा बिहीबार हेटौंडामा जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा ४५ आयातित र एक स्थानीय गरी बागमती प्रदेशमा ४६ जनालाई औलोको संक्रमण रहेको जानकारी दिइएको हो ।
नेपालमा भने औलो रोगबाट संक्रमितको संख्या ४५३ जना रहेको तथ्यांक प्रश्तुत गरिएको छ । विदेशबाट आएकाहरुमा औलो रोगको संक्रमण बढी देखा पर्ने गरेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा औलो देखा पर्नु चुनौतीको रुपमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
‘नेपालमा सन् २००८ देखि औलो दिवस मनाउन थालिएको हो । २०१४ देखि २०२५ सम्म औलो निवारण कार्यक्रम सञ्चालन भैरहेको छ’, मिजारले भने, ‘नेपाललाई २०२४ सम्म औलोमुक्त गर्ने लक्ष्य रहेको छ । सोही अनुरुप कार्य भैरहेको छ ।’ लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट बच्न सावधानी अपनाउनुपर्ने सर्वसाधारणलाई सुझाव दिइएको छ ।
यसका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र विकल्प भएको चिकित्सकको सुझाव छ । किटनासक झुल र विषादी माग माग अनुसार वितरण गर्न नसकिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ज्वरो आइरहनु, दिन बिराएर ज्वरो आइरहनु, टाउको बेस्सरी दुख्नु, बान्ता हुनु र जाडो हुनु औलो रोगको लक्षण भएको स्वास्थ्यकर्मीको भनाई छ ।
नेपालमा सन् १९५८ मा पहिलो पटक औलो रोगको संक्रमण देखिएको थियो । विश्व औलो दिवस विहीबार मकवानपुरसहित देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)