Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्राप्त जिम्मेवारी अनुसार काम गर्न विभाग प्रमुखहरुलाई सभापति लामाको निर्देशन

306032760_317997115898248-1662898739.jpg

२६ भदौं, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका विभाग प्रमुखहरुलाई तोकिएको जिम्मेवारी अनुसार कार्य गर्न निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यलयमा भएको छलफलका क्रममा पार्टीलाई क्रियाशिल र गतिशिल बनाउँन पार्टीको निति र सिद्धान्त अनुसार विभिन्न विभाग खडागरि जिम्मेवारी दिइएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई गहन रुपमा निर्वाव गर्ने आग्रह गरे ।
पार्टी सभापति लामाले शुक्रबार मात्रै जिल्ला सदस्यहरुबाट १९ जनालाई विभिन्न विभागको जिम्मेवारी दिएका थिए । छलफलका क्रममा पार्टी सभापति लामाले विभागिय प्रमुखहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै विभागहरुले नेपाली कांग्रेसको निति तथा शिद्धान्तलाई जनताको माझमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, पूर्वसभापति रामचन्द्र अर्याल माइकल, बागमती प्रदेश सदस्य चम्पुरत्न लामा, जिल्ला सचिव भिमसेन महत लगाएतको उपस्थिति रहेको थियो ।  
उक्त छलफलमा उपस्थिति विभागिय प्रमुखहरुले केहि दिन भित्रै विभागलाई पूर्णता दिने र तोकिएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विभागहरुले पूर्णता पाउन साथ विभागिका काम र कर्तव्यका सन्दर्भमा तत्कालै प्रशिक्षणको आयोजना गरिने पनि पार्टी सभापति लामाले जानकारी दिए ।
पार्टी सभापति लामाले शुक्रबार राजु खतिवडालाई सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख, धिरेन लामालाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, माधव न्यौपानेलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, इन्द्रकुमार वर्तौलालाई गैरसरकारी सेवा तथा सामाजिक सेवा, भुवनलाल श्रेष्ठलाई उद्योग तथा वाणिज्य विभाग, नवराज लामालाई पर्यटन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।
यस्तै राजकुमार वाईवालाई कृषि तथा भुमिसधार विभाग, खेमबहादुर प्रजालाई प्राकृतिक श्रोत, जल तथा उर्जा विभाग, कालु घलानलाई शान्ति सुरक्षा तथा प्रशासन विभाग, विरोध मोक्तानलाई श्रमिक तथा ट्रेड युनियन विभाग, शेरबहादुर राना क्षितिजलाई द्वन्द व्यवस्थापन र मेलमिलाप विभाग, सर्मिला श्रेष्ठलाई स्वास्थ्य विभाग, गोपि वल लामालाई वन वातावरण तथा विपद् व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
सभापति लामाले तारा राई कार्कीलाई महिला, लैङ्गिक समाता, सामाजिक सुरक्षा एवं कल्याण विभाग, अञ्जना उपाध्यायलाई आर्थिक नीति तथा योजना विभाग, इश्वर पण्डितलाई सहकारी विभाग, रामबाबु बानियाँलाई भाृत संघ समन्वय विभाग, गोपी विकलाई शुभेच्छुक संस्था समन्वय विभाग र भीमबहादुर भोम्जनलाई आदिवासी तथा जनजाती विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।
 

305805838_568831651657079-1662898741.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार