२६ भदौं, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका विभाग प्रमुखहरुलाई तोकिएको जिम्मेवारी अनुसार कार्य गर्न निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यलयमा भएको छलफलका क्रममा पार्टीलाई क्रियाशिल र गतिशिल बनाउँन पार्टीको निति र सिद्धान्त अनुसार विभिन्न विभाग खडागरि जिम्मेवारी दिइएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई गहन रुपमा निर्वाव गर्ने आग्रह गरे ।
पार्टी सभापति लामाले शुक्रबार मात्रै जिल्ला सदस्यहरुबाट १९ जनालाई विभिन्न विभागको जिम्मेवारी दिएका थिए । छलफलका क्रममा पार्टी सभापति लामाले विभागिय प्रमुखहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै विभागहरुले नेपाली कांग्रेसको निति तथा शिद्धान्तलाई जनताको माझमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, पूर्वसभापति रामचन्द्र अर्याल माइकल, बागमती प्रदेश सदस्य चम्पुरत्न लामा, जिल्ला सचिव भिमसेन महत लगाएतको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा उपस्थिति विभागिय प्रमुखहरुले केहि दिन भित्रै विभागलाई पूर्णता दिने र तोकिएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विभागहरुले पूर्णता पाउन साथ विभागिका काम र कर्तव्यका सन्दर्भमा तत्कालै प्रशिक्षणको आयोजना गरिने पनि पार्टी सभापति लामाले जानकारी दिए ।
पार्टी सभापति लामाले शुक्रबार राजु खतिवडालाई सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख, धिरेन लामालाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग, माधव न्यौपानेलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, इन्द्रकुमार वर्तौलालाई गैरसरकारी सेवा तथा सामाजिक सेवा, भुवनलाल श्रेष्ठलाई उद्योग तथा वाणिज्य विभाग, नवराज लामालाई पर्यटन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।
यस्तै राजकुमार वाईवालाई कृषि तथा भुमिसधार विभाग, खेमबहादुर प्रजालाई प्राकृतिक श्रोत, जल तथा उर्जा विभाग, कालु घलानलाई शान्ति सुरक्षा तथा प्रशासन विभाग, विरोध मोक्तानलाई श्रमिक तथा ट्रेड युनियन विभाग, शेरबहादुर राना क्षितिजलाई द्वन्द व्यवस्थापन र मेलमिलाप विभाग, सर्मिला श्रेष्ठलाई स्वास्थ्य विभाग, गोपि वल लामालाई वन वातावरण तथा विपद् व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
सभापति लामाले तारा राई कार्कीलाई महिला, लैङ्गिक समाता, सामाजिक सुरक्षा एवं कल्याण विभाग, अञ्जना उपाध्यायलाई आर्थिक नीति तथा योजना विभाग, इश्वर पण्डितलाई सहकारी विभाग, रामबाबु बानियाँलाई भाृत संघ समन्वय विभाग, गोपी विकलाई शुभेच्छुक संस्था समन्वय विभाग र भीमबहादुर भोम्जनलाई आदिवासी तथा जनजाती विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















