३० भदौं, हेटौंडा । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो ।
सहमतिपश्चात् व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सञ्चालन गरेका छन् । महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि गरिनुपर्ने माग गर्दै आएको थियो ।
निगम र महासंघबीच व्यवसायीका मागअनुरुपको ढुवानी भाडा वृद्धिसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो कार्यान्वयन गर्ने सहमति भएको छ । भाडा वृद्धिसम्बन्धी प्रस्ताव निगमको सञ्चालक समितिमा पेश भइसकेको छ ।
यसैगरी नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घको प्रतिनिधिसहित सम्बन्धित सङ्घ तथा सङ्गठनको प्रतिनिधिको उपस्थितिमा आवश्यक छलफल गरी उचित सम्बोधन गर्ने सहमति भएको निगमले जनाएको छ ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















