Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

२५ मिटर सडक विस्तारमा भ्रम फैलाउन खोजियोः महत

उचित मुआब्जा दिएर सडक विस्तारमा पहल गरौं

(1)-1663288348.jpg

३१ भदौं, हेटौंडा । हेटौंडाका एकजना राजनितिक व्यक्ति एवं समाजसेवी भिमसेन महतले हेटौंडामा पर्ने राष्ट्रिय राजमार्ग बिस्तारको बिषयमा भ्रम फैलाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । 
विकल्परहित राष्ट्रिय राजमार्ग विस्तारलाई विभिन्न समयमा समाधानका उपाय भन्दै सार्वजनिक हुने गेरका मानव वस्ति, बाइपास र १६ मिटर विस्तार जस्ता कुराले भ्रम मात्रै फैलाएको भन्दै महतले आपक्ति जनाएका हुन् । 
उनले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उचित मुआब्जा दिएर २५ मिटर सरडक विस्तार मात्रै सहि समाधान भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् ।
हाल नेपाली कांग्रेस मकवानपुरका सचिव रहेका महतले विगतमा आफु नेकपा माले मकवानपुरको प्रमुख पदमा रहँदा पनि सडक विस्तारको विषयमा बहस चलाएको स्मरण गराउँदै कुनै पार्टी विशेष भन्दा पनि सडक विस्तार जनताको विषय भएकाले वास्ताविकता वताउँन पत्रकार सम्मेलन गरेको महतले बताए ।
उनले हेटौंडाको सडक २५ मिटर विस्तार हुने कुरा कसैले रोक्न नसक्ने दावी गर्दै उचित मुआब्जा दिलाउने तर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
१६ मिटर सडक विस्तार, हेटौंडालाई मानव बस्ती घोषणा र बाइपास सडक निर्माण लगायतका सबै कुरा भ्रमको खेती मात्र भएको उल्लेख गर्दै ढिलोचाँडो सडक विस्तार हुने र कसैले रोक्न नसक्ने उनले दावी गरे । 
विगतको समयमा सबभन्दा बढी स्थानीय सरकार चलाएको र जिल्लाबाट नेतृत्व गरेको पार्टीका नेता तथा प्रतिनिधिले बाइपासको बिषय चलाएको तर बाइपास भने कहिल्यै नबनाएर दोहोरो चरित्र निर्वाह गरेको महतको आरोप छ । 
पहिले बाइपास सडक बनाउनुपर्ने र त्यसलाई महेन्द्र राजमार्ग कायम गर्नुपर्ने भन्दै उनले राजमार्गको नक्साङ्कन परिवर्तन भएको निवेदन र यसैलाई कायम गर्न एसियन हाइवेमा हाल्नुपर्ने उनको सुझाव छ । 
विभिन्न समयमा दलका नेता तथा जिम्मेवार पदमा रहेकाले समेत २५ मिटरको विषयलाई बुझ्दै नबुझि वक्तव्य वा आश्वासन दिने गरेको भन्दै ऐनलाई कुल्चेर १४ वा १६ मिटर कायम गर्ने भन्ने कुरा हावादारी भएको महतले दावी गरे । 
सडक विस्तारको बिषयमा सरोकारवालालाई सही जानकारी दिन जरुरी ठानेर आफूले पत्रकार सम्मेलनको आयोजना गरेको बताउँदै महतले आफुले पार्टीको सचिवको हैसियतमा नभई व्यक्तिगत भीमसेन महतले आयोजना गरेको पनि स्पष्ट पारे ।
 

306478458_842385026926820-1663288350.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार