३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शुक्रबार हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । उपमेयर बानियाँले नयाँ भवनमा सरेर सेवा सुरु गरेको अस्पतालको सेवा प्रवाह र समस्या लगायतका विषयमा बुझेका छन् ।
उपमेयर बानियाँले अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका डेंगु रोगको विरामीहरुको अवस्था समेत बुझेका छन् । केहीदिन यता हेटौंडासहित मकवानपुरका विभिन्न स्थानीय तहहरुमा फैलिएको डेंगुका कारण संक्रमित हुनेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
उनले अस्पतालको आकस्मिक कक्ष, बहिरंग सेवा, फार्मेसी, टिकेट काउण्टरलगायतको अनुगमन गरेका थिए । विरामीको अत्याधिक चाप रहेको अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरुले लामो समय कुर्नुपर्ने बाध्यता रहेको उपमेयर बानियाँसंग गुनासो गरेका थिए ।
सर्वसाधरणले उपमेयर बानियाँसंग टिकट काट्न, चेकजाँच गर्न र फार्मेसीबाट औषधि लिन धेरै समय लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए । उपमेयर बानियाँले अस्पतालमा उपचाररत बिरामीहरुसंग भेट गर्दै अस्पतालका समस्याहरु समाधानका लागि पहल गर्ने र सुधारका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
उपमेयर बानियाँले अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई अस्पतालको सेवा चुस्तदुरुस्त राख्न र स्वास्थ्य उपचार सेवामा आम नगरिककोको सहज पहुँच हुने अवस्थाको सृजना गर्न निर्देशन समेत दिएका थिए ।
डा. सापकोटाले बढ्दो बिरामीको चापका कारण हाल कार्यरत रहेका कर्मचारी अपुग रेहको र नयाँ कर्मचारी भर्ना प्रक्रिया चलिरहेको जानकारी गराएका थिए । उनले नयाँ कर्मचारी नियुक्ति भएलगतै अस्पतालमा टिकेट काउण्टर, फार्मेसी लगायतको भिड कम हुने जानकारी गराएका थिए ।
उपमेयर बानियाँले अस्पताल सुधारको लागि हेटौंडा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने र अनुगमनलाई पनि निरन्तरता दिने बताएका छन् ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















