३, असोज, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजनामा मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको सभाहलमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
स्थानीय वन ऐन, निती नियम समुदाय मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो । बैठकमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले आर्थिक अभावका कारण समयमानै कार्ययोजना नवीकरण गर्न नसकेको, बैठक र साधारणसभा नियमित गर्न नसकिएको गुनासो गरेका थिए ।
सहभागिहरुले वन कार्यालय, स्थानीय तहबाट सहयोग नभएको, पूरानो समितिले हिसावकिताव नबुझाएको लगायतका समस्याहरु राखेको थिए । बैठकका सहभागिहरुले जनचेतना, गरिवी, न्यूनीकरण, अनावश्यक झन्झट, वन पैदावारको समुचित प्रयोग गर्न नपाएको, वन व्यवस्थापन, आयमुलक कार्यक्रम सञ्चालन, वनडढेलो नियन्त्रणका प्रयास, तालिम, गोष्ठी लगायतका क्षेत्रहरुमा काम गर्न नसकिएको बताएका थिए ।
बैठकलाई सम्वोधन गर्दै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामछिानेले सामुदायिक वनको विकासमा आफू सदैव लागिरहको बताए । अध्यक्ष लामिछानेले सामुदायिक वनले वनको संरक्षणको साथै जडीबुटी र जैविक विविधता संरक्षण गर्ने काममा समेत लाग्नु पर्नेमा जोड दिए ।
आफूले वनजङगलको ठूलो शत्रुको रुपमा देखेको वनडढेलो नियन्त्रण गर्न आवश्यक कदम चाल्ने र माघ महिनामा बकैयामा जिल्ला स्तरीय गोष्ठी गर्ने बताए । गाउँपालिकाले चालु आवमा सामुदायिक वनको विकासको लागि १५ लाख विनियोजित गरेको र नपुग भएमा थप गर्ने बताउदै अध्यक्ष लामिछानेले बकैयामा भएगरेका कार्यहरुको प्रचारप्रसार गरि दिन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे ।
बैठकमा उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठ, १ नं. वडा अध्यक्ष आशिष तितुङ, २ नं. वडा अध्यक्ष विश्वराज स्याङतान, ३ नं. वडा अध्यक्ष भुवन सिह घलान, ४ नंं वडा अध्यक्ष राजन दंगाल, ७ नंं वडा अध्यक्ष मान बहादुर सिङतान, ८ नंं वडा अध्यक्ष विष्णु नेगी, १० नं. वडा अध्यक्ष कमला कुमारी वाईवा, ११ नंं वडा अध्यक्ष गोपाल बहादुर न्यासुर लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको बैठकमा जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, महासंघ, मकवानपुरकी सहजकर्ता सन्ध्या शिवाकोटी, सञ्चारकर्मी भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















