Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

काठमाडौंको गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु

20200604_122238-1663644247.jpg

४ असोज,काठमाडौं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाइते भएका एक व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ। 
अज्ञात समूहको गोली प्रहारबाट सर्लाही घर भएका लाल मोहम्मदको उपचारका क्रममा महाराजगन्ज स्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका छन्।
उनी १० बर्ष जेल सजाय भुक्तान सक्काएर काठमाडौंमा गार्मेन्ट उद्योग संचालन गर्दै आएका थिए।  
गोली कस्ले र किन चलायो भन्ने नखुलेको र  खोजी कार्य भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन्। मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो। कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ। 
उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।

गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
मकवानपुरमा पराल बोकेको ट्रक पल्टियो, कम्तिमा ५ घाइते
IMG_20231206_125945-1701846986.jpg

२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको  भिमफेदी-८  गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते...

बुधवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701844669.png

२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...

काठमाडौंको न्युरोडबाट एक सुन पसले पक्राउ
IMG_0837-1701844395.png

२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...

सुन गाल्ने कारखानामा प्रहरीको छापा
Screenshot_20231206_10172-1701837158.jpg

२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी
Dipak_Bista-1632926040-1701826636.jpg

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...

गृहमन्त्री श्रेष्ठको गंगालालमा एन्जियोप्लास्टी सर्जरी
Narayankaji-Shrestha_stim-1701825881.jpg

२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने
Screenshot_20230323_08415-1701825136.jpg

२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...

महिला हिंसा बिरुद्ध हेटौँडा उपमहानगरको सचेतना कार्यक्रम
IMG_20231205_153805-1701789902.jpg

१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...

मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया
377236044_889670122793667-1701789492.jpg

१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...

थप समाचार