५, असोज, हेटौडा । लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको संख्यामा वृद्धि, आहार, यसको फाईदा, कानूनी प्रावधान लगायतका विषयहरुमा बुधवार हेटौडामा समन्वयात्मक बैठक भएको छ ।
बैठकमा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाईले नेपालमा सालक संरक्षणको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागिहरुले सालक संरक्षणमा समुदाय सक्रिय हुनु पर्ने, पर्सा वन्यजन्तु आरक्षले सहयोग गर्नु पर्ने, स्थानीय तहले सहजीकरण गर्नु पर्ने र जनचेतना बढाउने लगायतका विभिन्न प्रकारका कार्यहरु गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकमा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सालक संरक्षणमा सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
बैठकमा जेडएसएलका प्रचण्ड महर्जन र पर्सा वन्यजन्तु आरक्षका विष्णु पौडेलले सालक संरक्षणमा समुदाय सक्रिय हुनु पर्नेमा जोड दिएका थिए ।
चुच्चेखोला सामुदायिक वन, चेतना मध्यवर्ती सामुदायिक वन र सिटु मध्यवर्ती सामुदायिक वनका पदाधिकारी र उपभोक्ता पदाधिकारी समेत गरि बैठकमा ३१ जनाको सहभागिता थियो ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















