Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदी दुर्घटना अपडेट: ५ को शनाखत,स्वास्थ्य मन्त्री लामा अस्पताल पुगे

FB_IMG_1663891538630-1663891736.jpg

घाइते स्वास्थ्य अवस्था बुझदै स्वास्थ्य मन्त्री लामा

७ असोज,हेटौंडा। हेटौंडा हदै काठमाडौं जोड्ने भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा बिहीबार भएको यात्रु बाहक बस दुर्घटना मृत्यु भएका ७ मध्ये ५ जनाको शनाखत  भएको छ। 
बस दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुर गढी-२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ पर्साका ४२ वर्षीय हृदय नारायण पंजियार  रहेको  मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जनाएका छन्।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको दुर्घटनाग्रस्त हुदा ६ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा  ज्यान गएको हो। दुर्घटनामा २५ जना घाइते भएको र केहीलाई थप उपचारको लागी भरतपुर र केही हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।उक्त बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो।
घटनाको जानकारी पाए लगत्तै वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा घाइतेहरूको अवस्था बुझ्न हेटौंडा अस्पताल पुगेका थिए। उनले उपचारमा कुनै कमी हुन नदिन हेटौंडा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई निर्देशन दिएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार