९असोज,हेटौंडा । हेटौंडा–३ मा रहेका दुईवटा सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा नि:शुल्क रुपमा पढाउन सुरु गरेको छ।
हेटौंडा वडा नम्बर-३ मा रहेका बाल उज्जवल मावि र बसामाडीमा रहेको महेन्द्र किरण माविमा कक्षा १ बाट उक्त अभियान सुरुवात गरिएको हो ।
३ नम्बर वडा शिक्षा समन्वय समितिले नि:शुल्करुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएसँगै आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेको हो। अभियानको आइतबार बिहान हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उदघाटन गरेका छन् ।
शिक्षा समन्वय समितिले हेटौंडा उपमहानगरपालिका, उपमेयर राजेश बानियाँ र युनिलिभर नेपाल लिमिटेडसँगको सहकार्यमा पाँच वर्षभित्र कक्षा ५ सम्म नि:शुल्करुपमा अंग्रेजी माध्यमबाट शिक्षा दिने व्यवस्था गर्ने जनाएको छ । समितिले कक्षा १ मा अध्ययनरत् ७० जना विद्यार्थीलाई एकवर्षका लागि आवश्यक पर्ने किताबसहित सम्पूर्ण स्टेशनरी सामग्री, ड्रेस , ट्रयाकसुट र व्यागको व्यवस्था गरेको छ । आगामी वर्षबाट २ कक्षासम्म नि:शुल्क शिक्षाको व्यवस्था गर्ने गरी तयारी गरेको समिति सदस्य टेकनाथ शिवाकोटीले बताए।
वडा अध्यक्ष ढलकबहादुर थापाले अंग्रेजी माध्यमबाट नि:शुल्करुपमा शिक्षा प्रदान गर्ने गरी तयारी गरिरहेको र त्यसका लागि दाताको खोजी कार्य भइरहेको बताए । अभियानको उदघाटन समारोहमा वडाका जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















