Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

आज घटस्थापना, विधिवत रुपमा दशैँ सुरु 

Ghasthapana-1539133004-1664151752.jpg

१० असोज, हेटौंडा । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । 
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । 
आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ  रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । 
जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. कृष्ण अधिकारीले जानकारी दिए । 
कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । 
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको लागी बिहान १०ः२३ बजेको साइत शुभ रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आसोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा प्रसाद ग्रहण गरिन्छ । असोज १९ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३४ मिनेटमा रहेको समितिले जनाएको छ । 
यस्तै टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १९ गते ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । 
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । 
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार