१३ असोज,हेटौंडा। मनहरी गाउँपालिकामा नेकपा एमालेको सिङ्गो वडा कमिटीले एमाले परित्याग गरेको २४ घण्टा नवित्दै पुन मकवानपुरको मनहरीमा अर्को वडा कमिटिको टिमलेनै पार्टी परित्याग गरेको छ। बिहीबार बिहान गाउँपालिका वडा नम्बर ८ का सिङ्गो कमिटीले पार्टी परित्याग गरेका हो।
नेकपा विभाजन हुदा नेकपा एस रोजेकी मनहरीकी निवर्तमान उपाध्यक्ष मनिला बिष्ट सहितका नेताको पुन:एमाले इन्ट्रीले
असन्तुष्ट बनेको जिल्ला सदस्य, निवर्तमान वडाध्यक्ष सहित गाउँकमिटिका नेताहरु, भातृ संगठनका केहि नेताहरु सहित मनहरी ८ का ५२ जना सिंगो टिमले पार्टी परित्याग गरेका हुन्।
"हरुवा त्यही माथी एमाले ठिक छैन,यो त संविधान विरोधी पार्टी हो भन्दै एमाले त्यग्नेलाई पुन: पार्टीमा बोलाउनु,ल्याउन भनेको हामी जस्ता नेता कार्यकर्ताको भावना माथी खेलबाड गर्नु हो,त्यसैले सामूहिक राजीनामा दिएका हौ"। - ८ नम्बर वडा कमिटी अध्यक्ष सुर्यलाल स्याङ्गतानले दुखेसो पखे।
पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य दिलबहादुर स्याङ्गतान, सिताराम न्यौपाने, किसान संघ जिल्ला सदस्य रामप्रसाद ढकाल, अनेरास्ववियु बागमती प्रदेश सदस्य पुकार सुबेदी, युवा संघ जिल्ला सचिबालय सदस्य सन्तोष ढकाल, जिल्ला सदस्य सन्तोष उप्रेती, किरण सुबेदी, पार्टी ८ नम्बर वडा सचिब अभिषेक अधिकारी, अनेम संघ ८ नम्बर वडा अध्यक्ष दिलमाया गिरि, मनहरी गाउँ कमिटी उपसचिव पुस्कर सुबेदी, ८ नम्बर वडा इन्चार्ज यादब अधिकारी, गाउँकमिटी सदस्य जयबहादुर रुम्बा, लाक्पा रुम्बा, बिकाश उप्रेती, रामकृष्ण प्रजा, बिमला थिङ, कृष्णमाया सुबेदी, उषा लामा, राजेश बिक लगायत ५२ रहेका छन्।
मनिलाको एमाले इन्ट्रीको विरोध जनाउदै हिजो मात्र नेकपा एमाले मकवानपुर जिल्ला,निवर्तमान वडाध्यक्ष सदस्य सहित मनहरी गाउँपालिका वडा नम्बर ५ का ६५ जनाले पार्टी परित्याग गरेको थियो।
तत्कालीन गाउँपालिका उपाध्यक्ष हुँदा बिष्टले वडाध्यक्षहरुसँग झगडा गरेको, अध्यक्षलाई असहयोग गरेको, कार्य अबधि २ बर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएको र पछि अदालतले परमादेश जारी गरी राजीनामा खारेज गरिदिएको थियो भने नेकपा एमाले विभाजनपछि उनले नेकपा एस रोजेकी थिइन भने गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मनहरी अध्यक्षमा गठबन्धनका उम्मेदवारसँग लज्जासपद हार बेहोर्न बाध्य भएकी थिइन।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















