file photo
१४ असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले यसअघिको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागिपरेकाहरु अहिले घण्टी बोकेर हिँड्न थालेको बताएका छन् ।
बडा दशैं, तिहार तथा छठको अवसरमा कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन पछि घन्टी मन्दिरमै थन्किने र अन्त कहिँकतै नभेटिने दावी गरे ।
‘कांग्रेसको जित कांग्रेसले नै देख्न नचाहने रोगले सताउँदै आएको छ । अब कांग्रेसभित्र शुद्धिकरण र सुदृढीकरण जरुरी छ’, बानियाँले भने, । स्थानीय चुनावमा गठबन्धन गर्न नदिने र आफ्नै उम्मेदवार हराउन लाग्ने अनि अघिल्ला चुनावहरुमा आफ्नै उम्मेदवारलाई असहयोग गरेकाहरु अहिले घन्टी बोकेर हिँडेको सभापति बानियाँले बताए ।
आफू केन्द्रीत राजनीति गर्नु गलत हुने भन्दै उनले पदको लागि नभई पद्दतिको लागि राजनीति गर्नुपर्ने सुझाव दिए । शान्ति प्रक्रियाको जगमा गठबन्धन भएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो नाउन गठबन्धन आवश्यक रहेको दावी गरे ।
कांग्रेसबाट जितेका जनप्रतिनिधिले खराब काम गरे कारबाही गर्ने उनको चेतावनी थियो । क्षेत्रीय सभापति रञ्जन कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव भिमसेन महत, महासमिति सदस्य निर्मला हिमडुङ, चित्रबहादुर थापा, जिल्ला सदस्य बच्चुमाया नेगी, संघीय सचिव सन्तोष थापा, महिला नेतृ कमला मैनाली, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















