Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

अल्ट्रासाउन्ड सेवामा मनपरी भएको भन्दै काउन्सिलद्वारा ३ बुँदे निर्देशन 

NMC21635826612-1664583647.jpg

१५ असोज, हेटौंडा । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवामा मनपरी भएको भन्दै यसको नियमन गर्न ३ बुँदे निर्देशन जारी गरेको छ । 
काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यता बिना अनाधिकृत रुपमा रेडियोलोजी सेवा अन्तर्गतको अल्ट्रासाउण्ड सेवा प्रवाह भैरहेको गुनासो आएपछि तीन बुँदे निर्देशन जारी गरेको हो । 
स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को दफा २३ मा उल्लेख भए बमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, लगायतका रेडियोलोजी सेवा तथा सो को रिपोर्टिङ रेडियोलोजिष्टहरूले मात्र गर्न पाउने व्यवस्था रहेको छ । साही अनुसार गर्न काउन्सिलले निर्देशन जारी गरेको छ । 
यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ङ) मा गरिएको व्यवस्थामा आधारित रहेर आफ्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको अल्ट्रासाउण्ड तालिम प्राप्त नेपाल मेडिकल काउन्सिलको दर्तावाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा जनरल प्राक्टिस÷इमरजेन्सी मेडिसिन विशेषज्ञले अल्ट्रासाउण्डको प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । 
यो व्यवस्थाको उलङ्घन नगर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।  काउन्सिलले अल्ट्रासाउण्ड तालिमको आधिकारिकता तथा प्रमाणको जाँचबुझ हुनसक्ने समेत बताएको छ । काउन्सिलले  ऐन, नियम तथा व्यवस्थापनका विपरित अनाधिकृत रूपमा अल्ट्रासाउण्ड गरेको वा गराईएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत बताएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित
Screenshot_20231210_19415-1702216631.jpg

२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।  अफगानिस्तानले...

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
Pradesh-Pramukh-1702213137.jpg

२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर
Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...

परराष्ट्रमन्त्री साउद र कतारी विदेश राज्यमन्त्री खुलाईफीबीच भेटवार्ता
Screenshot_20231210_16363-1702205507.jpg

२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
Narayankaji-Shrestha_stim-1702195268.jpg

२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित
sandeep-3-1702194902.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ
Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
gold-1-e1517980737571-1702191824.jpg

२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...

थप समाचार