Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

आज दशैंको छैठौं दिनः कात्यायनीदेवीको पूजा गरिंदै

katyayni_2530511_835x547-1664586840.jpg

१५ असोज, हेटौंडा । आज नवरात्रको छैठौं दिन हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी भगवतीको पुजा आरधना गरी मनाईदै छ । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । 
अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ । 
कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपको रुपमा पनि पुजा गरिन्छ । यससैगरी माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । 
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेको विश्वास गरिन्छ । 
माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लागुऔषध कारोबारको अप्रेशनमा अछाम प्रहरी
Screenshot_20240727_16425-1722077969.jpg

१२ साउन, साफेबगर। जिल्ला प्रहरी कार्यालय अछामको नेतृत्व समाल्न पुगेका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद...

मृत्युको विषयलाई लिएर आफन्तबाट अस्पतालमा तोडफोड
Screenshot_20240727_16235-1722076748.jpg

१२ साउन, कञ्चनपुर । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसीव चौधरी मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड...

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्ने
Jasapa-party-office-1722070909.jpg

१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३०...

हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो
102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

थप समाचार