Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दूध विक्रीबाट मकवानपुरमा एक वर्षमा ८४ करोड शहरको पुँजी गाउँ भित्रियो

Milk-1543672504-1665623061.jpg

file photo

२७ असोज, हेटौंडा । मकवानपुर जिल्लामा सहकारीबाट दूध विक्री गरी एक वर्षमा ८४ करोड रुपैयाँ शहरको पुँजी गाउँ भित्रिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । 
गत आर्थिक वर्षमा दूध विक्री गरी मकवानपुरमा ८४ करोड ९७ लाख १८ हजार ९० रुपैयाँ शहरको पुँजी गाउँ भित्रिएको हो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २९ औँ वार्षिक प्रतिवेदन अनुसार संघ चिस्यान केन्द्र चौकीटोलमा ९ लाख ७१ हजार लिटर र संस्थाबाट सिधै उद्योग गएको १ करोड २८ लाख ७३ हजार लिटर दूध खरिद भएको छ । 
आर्थिक वर्ष २०७७÷७८ को तुलनामा गत आर्थिक वर्षमा १७ लाख ४२ हजार ९४७ लिटर दूध खरिद भएको संघको प्रतिवेदनमा उल्लेख छ । संघबाट प्राप्त विभिन्न उद्योगलाई ५ लाख ८३ हजार ८१६ लिटर दूध विक्री गरी ३ करोड ७६ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । 
यसैगरी संस्थाबाट सिधै उद्योगमा १ करोड २८ लाख ७३ हजार ३२५ लिटर दूध विक्रीबाट ७८ करोड ८२ लाख ७९ हजार रुपैयाँ, स्थानीयलाई दूध ३ लाख ८८ हजार २ सय ३७ लिटर विक्रीबाट २ करोड ८३ लाख ८ हजार ८७८ रुपैयाँ आर्जन गरेको छ । 
५३ वटा प्रारम्भिक दुग्ध संस्था आवद्ध रहेको संघको खुद नाफा बचत १७ लाख ७ हजार रुपैयाँ रहेको छ । मकवानपुरमा दुग्ध चिस्यान केन्द्र ४० वटा, मिल्क एनालाइजर सञ्चालित संस्थाहरु ४३ वटा रहेको छ भने दुग्ध भण्डारण क्षमता ७० हजार लिटर रहेको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार