२६ कार्तिक, हेटौँडा । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी हुन् ।
मकवानपुर जिल्लाको साविक बकैया गाउँपालिका, कर्मचुली स्थायी निवासी निरु थिङको १८ वर्षीया छोरी छोइसाङ अहिले सिविल निजामति कर्मचारी अस्पताल नयाँ बनेश्वरमा थप उपचारको लागि भर्ना भएकी छिन् ।
उपचारमा खटिएका डाक्टर अनुसार ब्लड क्यन्सर भएको हुनाले हरेक हप्ता रगत चढाईरहनु परेको छ । ६ महिना सम्म किमो थेरापीबाट रोग कन्ट्रोल गरि बोन टा«न्सफर गर्नुपर्ने भएकोले रकम जुटाउन आफ्नो घर परिवारले नसक्ने भन्दै उनले सहयोग मागेकी हुन् ।
उनले सहयोग अपिल पत्रमा हस्पिटलको शैंयामा छटपटाउदै पलपल मृत्युको पखाईमा दिनदिनै कम्जोर बन्दै गएको कुरा बताएकी छिन् । उनले सहयोग अपिलमा लेखेकी छिन्–‘आर्थिक अभाबको कारण म अब मर्दै छु भन्ने जानि जानि बाँच्नुको पिडा अत्यन्तै दुःखद र हृदयविदारक लाग्दो रहेछ केहि गरौँ भन्ने उर्जावान उमेर मै रोगद्वारा ग्रसित भै तड्पिनु बाहेक मेरो अर्को विकल्प भएन त्यसैले अन्तिम अपिल देश बिदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा मलाई चिन्ने नचिन्ने आमा बुवा दाजुभाई दिदीबहिनीहरुमा जिबनको भिख माग्दै यथा सग्दो आर्थिक सहयोगको लागि सादर विनम्र अनुरोध गर्दछु ।’
११ कक्षामा पढ्दै गरेकी उनले उनका बुवा निरु थिङले जतिसक्दो दैनिक हजारौँ खर्च ऋण गरेर भए पनि उपचार गर्ने प्रयाश गरिरहेको तर त्यति गर्दा पनि रोग रोकथाम गर्न मात्रै सकिएको र बोन ट्रान्स्फरको लागि खर्च नजुटेको बताएकी छिन् । स्वईच्छिक रुपमा उनका बुवाको बैँक खाता नम्बर ४६०७०१०००२८७७ (ग्लोबल आईएमई, हेटौँडा शाखा) मा सहयोग गर्न सकिने उल्लेख गरेकी छिन् । साथै अन्य देश विदेशमा रहेका सबैलाई पनि उनले सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















