Email :- prastakhabar@gmail.com
अन्तराष्ट्रिय

बेलायतकी प्रधानमन्त्री ट्रसले ४५ दिनमै दिइन राजीनामा

wwwddd-1666311818.jpg

४ कार्तिक, हेटौंडा । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिएकी हुन् ।
प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उनको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि ट्रस झन संकटमा परेकी थिइन् ।
गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउँदै राजीनामा दिएका थिए । बेलायतको इतिहासमा प्रधानमन्त्री ट्रस सबैभन्दा थोरै समय प्रधानमन्त्री पदमा बसेर बाहिरिनेमा परेकी छन् । यसअघि सन् १८२७ सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङले प्रधानमन्त्री पद सम्हालेका थिए ।
प्रधानमन्त्री ट्रसले आफूले बेलायतको वर्तमान अवस्थालाई हेरेर राजीनामा दिएको प्रतिक्रिया दिएकी छन् । दिन प्रतिदिन बिग्रँदै गएको बेलायतको अर्थतन्त्रको बीचमा, ट्रसका धेरै निर्णयहरूले उहाँको राजनीतिक भविष्यलाई संकटमा पार्दै लगेको थियो । नयाँ प्रधानमन्त्री चयन नभएसम्म ट्रस नै प्रधानमन्त्री रहनेछिन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार