Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थाहा नगरमा लोकतान्त्रिक बाम गठबन्धनको वृहत भेला

1-1666526222.jpg

६ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । 
आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गठबन्धन दल नेकपा एकीकृत समाजवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले एमालेको प्रतिगमनविरुद्ध भएको गठबन्धनले मकवानपुरको ६ वटै सिट जित्नेमा ढुक्क हुन सबैमा आग्रह गरे । उनल एमाले सरकारमा हुँदा जनताको पक्षमा कुनै काम हुन नसकेको भन्दै बरु भ्रष्टाचार र बेथितिको चाँङ बनेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा र ब्यवस्था बचाउनको लागि अहिलेको गठबन्धन बनेको बताए । 
केपी ओलीको अराजकता, उदण्डता, भ्रष्टाचार,  राजतन्त्रको पुनःस्थापन रोक्न आगामी निर्वाचन निर्णायक हुने पनि उनले बताए । १९ दिने जनआन्दोलन दबाउने, परिवर्तन विरोध कमल थापा र देश टुक्र्याउँछु भन्ने सिके राउतसँग मिलेमतो गरेर चुनावमा होमिएकाले एमालेले झनै जनताको विश्वास गुमाएको उनको तर्क थियो । 
यस्तै नेकपा माओवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ (क) मा उम्मेदवार बनेकी कुमारी मोक्तानले गठबन्धनको भावनालाई आत्मसात गरी परिवर्तन पक्षधर उम्मेदवारलाई विजयी बनाउन सबैमा आग्रह गरिन् । एमालेले जितेमा मुलुक फेरि पछाडि धकेलिने स्पष्ट भएको भन्दै गठबन्धनभित्र हिजोका केही त्रुटी कमजोरी भएको भए पनि त्यसलाई मनमा नलिई प्रतिवद्ध भएर मतदान गर्न उनले सबैमा अनुरोध गरिन् । 
नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राष्ट्रिय जनमोर्चाका सचिव दिनेश विष्ट, कांग्रेस महासमिति सदस्यद्वय जयराम लामिछाने र उमा दाहाल, कांग्रेस मकवानपुर सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन परिचालन समिति जिल्ला संयोजक बुद्ध लामा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोनामसिं स्याङतान, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

2-1666526225.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार