Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

झुट र भ्रमको खेती गर्न ओली महानायकः बानियाँ

306030608_321352432220225-1666526427.jpg

६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् । 
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाकामा आइतबार भएको गठबन्धन दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बानियाँले एमाले नेता र नीति ठिक नभएको  पार्टी भएको भन्दै यस्तोले मुलुकलाई निकास दिन नसक्ने दावी गरे ।
वर्तमान व्यवस्थाई ढाल्नको लागि केपी ओलीले दुइ दुइ पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने बताए । ‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’ बानियाँले भने–‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्र्याउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसंग मिलेर लठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्न महानायक हुन् ।’ स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । 
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले पनि केपी ओली नेतृत्वको एमालेको चर्को आलोचना गरेका थिए । यसअघि एमाले नेतृत्वको सरकार हुँदा जनताले विकासको अनुभूति नै गर्न नपाएको भन्दै अब गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । आफू यसअघि सांसद हुँदा पनि धेरै कामहरु गरिएको स्मरण गराए ।
माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तनले कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले साढे तीन वर्षसम्म गर्न नसकेको काम गठबन्धन नेतृत्वको सरकारले एक वर्षकै अवधिमा गरेर देखाएको बताइन् । आफू प्रदेशको सामाजिक विकास मन्त्री भएपछि छोटो अवधिमै आफ्नो क्षेत्रमा प्रसस्तै बजेट विनियोजन गरिएको उनले बताइन् । 
नेपाली कांग्रेसका इन्द्रसरोबर गाउँपालिका गाउँपालिका सभापति  विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष कुनसाङ लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि गठबन्धन दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार