६ कार्तिक, हेटौंठडा । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार आन्दराम पराजुलीले जनताको प्रतिनिधि बनाएर पठाउन आग्रह गर्दै आफु सधैँ जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ तल्लो रमनटार स्थित परिवर्तनशिल टोलविकासको बुद्ध चोकमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । उनले आफुले २०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकको मेयरमा झिनो मतले पराजित भएर पनि सधै जनताकै घरदैलोमा रहेको स्मरण गराए । उम्मेदवार पराजुलीले आफु जनताको सेवा गर्न राजनितिमा आएको बताउँदै राजनितिलाई कमाई खाने पेशा बनाउँनेहरु जस्तो नभएको दावी गरे । उनले आफ्नो गरिखाने अन्य व्यवसाय भएको उल्लेख गर्दैै राजनितिमा जनताको सेवाको लागी आएको दावी गरे । उनले आफूहरु ५ दलकै साझा उम्मेदवार भएकोले सबै राजनीतिक दलले अपनत्व ग्रहण गर्ने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले अब ५ दलकै नेता कार्यकर्ताहरुले एक अर्कालाई विश्वास गर्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन लाग्ने बेला आएको बताए ।
‘गठबन्धनलाई विश्वास नगर्दा एकजना माननीयले हार्दा गठबन्धन नै सरकार बाहिर रहने स्थिति आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै पराजुलीले गठबन्धनबाट उम्मेदवार बनेकाहरु अधिकांस भोली बन्ने सरकारमा मन्त्री बन्ने हैसियतका भएको पनि बताए । उनले ‘संविधान च्यात्न खोज्ने र जनतामाथि कुठाराघात गर्नेहरुबाट जोगिन पनि आग्रह गरे । संविधान र व्यवस्था विरोधी तत्वहरु लोकतन्त्रवादीहरुको प्रतिस्पर्धीमा रहेको उल्लेख गर्दै उनले यो कुरा सबैले बुझ्न र बुझाउन जरुरी रहेको बताए ।
नेपाली कांग्रेस तरुण तथा खेलकुद विभाग मकवानपुरका जिल्ला सदस्य दिनेश चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्या डीना, कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन तिवारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा नगरसमितिका सभापति उत्सव इटेनी सहित कांग्रस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीको नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।
महालक्ष्मी उपाध्या डीना, कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन तिवारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















