८ कार्तिक, काठमाडाैं । नेवार समुदायले तिहारको चौथो दिन आज साँझ म्हपूजा पर्व मनाउँदैछन्।
म्हपूजाको अर्थ हो- शरीर पूजा। तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ-आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन्। यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ।
म्हपूजाको दिन बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाई विभिन्न पकवानहरू पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन्।
म्हपूजा गर्न सुरुमा रातो माटोले लिप्छ। लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ। त्यसपछि तेलको मण्डला बनाइन्छ। त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरङ्गिन बनाइन्छ। त्यसपछि मण्डलाको बीच भाग र चार कुनामा कालो काँचो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल) राखिन्छ। त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ।
घरका सदस्यहरू क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन्। घरको मूलीमाथि गणेश भगवान्को मण्डला तयार गरिन्छ। मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोडावरी फूल राख्छ।
शरीरको तीन अंग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आख्य आदि राखेर तीन पटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ। म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ।
पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...
१ माघ, हेटौंडा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । उनको...