Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फोस्रा आश्वासन बाँड्नेसंग सावधान रहनुस् : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510581294.jpg

File Photo

२७ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले यसअघि चुनाव जितेर गाउँ नपुगेका उम्मेदवारहरु पुनः फोस्रा आश्वासन बाँडन पुनः गाउँ पुग्न थालेको भनदै सावधान रहन मतदातालाई सुझाव दिएका छन् । 
कैलाश गाउँपालिका–२ मा सोमबार भएको चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटनमा उनले मतदाताको मतबाट विजय भएपछि गाउँ नपुगेका नेताहरु भोली विकासको मुल फुटाउने आवश्वासन बोकेर गाउँ पुग्न थालेको भन्दै सचेत रहन आग्रह गरेका हुन् । ‘यहाँबाट जितेर गएका नेताहरु तपाइँहरुको गाउँमा कति पटक आए र गाउँको लागि के गरे ?’ बानियाँले भने–‘हिजो नगर्नेले भोली केही नगर्ने भएकाले मतदान गर्दा विचार पु¥याउनु होला ।’ 
सबैभन्दा बढि मतदाता माझ र निर्वाचन क्षेत्रमा पुग्ने नेतामध्ये आफु पर्ने बताउँदै उनले गाउँ पुगेमात्रै स्थानीयस्तरको समस्या बुझ्न सकिने र समाधान हुने बताए । कार्यक्रममा माओवादीका पूर्व उपकमाण्डर सानु स्याङ्तानसहित माओवादी र एमाले छोडेर ३० जना काँग्रेसमा प्रवेश गरेका थिए । यस्तै गोगनेमा भएको कार्यक्रममा एमाले र माओवादी परित्याग गरी १९ जना काँग्रेसमा प्रवेश गरेका थिए । 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार जानकी लामा, राप्रपा क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राप्रपाका जिल्ला सदस्य देव लामा, काँग्रेस क्षेत्रीय कोषाध्यक्ष बेलबहादुर मोक्तानलगायतले विकासका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक रहेको बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार