Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १२ मा तरुण भेला तथा छलफलको आयोजना

307874882_685417836166063-1667096527.jpg

१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको आयोजनामा भेला तथा छलफल भएको छ । 
तरुण दल १२ नम्बर एकाइ समितिका अध्यक्ष सूर्य बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतित्थ्यता रहेको थियो । भेलामा बोल्दै उम्मेदवार डीनाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन युवाहरु परिचालित हुनुपर्ने बताईन् । उनले संविधान र व्यवस्था विरोधिहरु एकजुट भएर आएको बताउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै अवस्था परिवर्तनको लागी बनेको गठबन्धनलाई जिताउन आग्रह गरिन् । 
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनका नेता कार्यकर्ता इमान्दार भएर चुनावी अभियानमा लाग्नुपर्ने बताए । उनले मुलुकलाई अप्ठेरो पर्दा कांग्रेसको नेतृत्वमा गठबन्धन हुँदै आएको उल्लेख गर्दै यहि गठबन्धनले भोली देश र यहाँको युवाका मुहार फेर्न सक्ने दावी गरे । उम्मेदवार पराजुलीले घरघरमा पुगेर गठबन्धनको आवश्यकता र महत्व बुझाउँन युवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले गठबन्धन दलको बिषयमा विरोधीहरुले भ्रम सृजना गर्दै प्रलोभन देखाइरहेको भन्दै उनले त्यसलाई समेत चिर्न युवाहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल माइकल, माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव लक्ष्मी माझी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
नेपाली कांग्रेस मकवानपुर क्षत्रीय कोषाध्यक्ष गिता न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्यहरु सोममाया मोक्तान, अर्जुन तिवारी, हेटौंडा नगर सभापति उत्सव इटेनी, १२ नम्बर वडा एकाइ सभापति सुदर्शन लामा लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 

312270228_598415634494228-1667096529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार