१३ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् ।
अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका बीचको अर्को गठबन्धनका बीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको बताए ।
शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरुमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन् । उनले बयलगडा चढेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भन्ने पुष्टि भएको बताए ।
एमालेका नेता कार्यकर्ताहरु अहिले हिजोका मन्डलेसंग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई आज चुनावको टिकट दिएको उल्लेख गरे । देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह पनि गरे ।
कार्यक्रममा प्रतिनिधीसभा २ को प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टी भन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारी पूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरिन ।
यस्तै, नेपाली कांग्रेसका मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने तथा देशमा प्रात उपलब्धिको रक्षा हुने बताए । नेपाली कांगेस वडा नम्बर ८ का सभापति वेदनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
बाम लोकतान्त्रिक गठबन्धनको आजै हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा उम्मेदवारद्घय खतिवडा र मोक्तानको आतिथ्यता थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















