Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर ब्यवस्थाको अन्त्य गर्न ओलीको लठबन्धनः नेता बानियाँ

313483386_530139651829504-1667204129.jpg

१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर यो ब्यवस्थाको अन्त्य गर्नेसंग ओलीले लठबन्धन गरेको बताएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बिहान बस्तीपुरमा भएको चियापान, अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र ब्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताउँदै ओलीले वर्तमान ब्यवस्थाको अन्त्य गर्न धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर गणतन्त्र मास्न खोजिरहेको आरोप लगाए ।
जनताको छोराछोरी राष्ट्रपति, उपराष्ट्रपति हुने यो ब्यवस्था जति अर्को व्यवस्था नभएको बताउँदै मकवानपुर क्षेत्र नं. २ ख का प्रदेशसभा सदस्य उम्मेदवार बानियाँले अब भनेको विकाश निर्माण र जनताको अवस्था परिवर्तन गर्न लागिपर्ने दावी गरे ।
झण्डै दुईतिहाईको एमालेले देश र सातै प्रदेशको साँढे तीन वर्ष नेतृत्व गर्दैगर्दा झुटा आश्वासन र सपनाबाहेक केही नबाँढेको बताउँदै नेता बानियाँले पछिल्लो १० महिना लकतान्त्रिक गठबन्धनले नेतृत्व गर्दा मकवानपुरको क्षेत्र नम्बर २ मा मात्रै सडक, पुल, खानेपानीलगायतमा अरबौंको बजेट हालेको यहाँका जनतामा जगजाहेर रहेको बताए ।
यो गठबन्धनका नेता, नीति, नियत र जनताप्रतिको समर्पण रहेको बताउँदै उम्मेदवार बानियाँले स्थानीय निकाय निर्वाचनमा भएका तिक्तता र नमिलेको मन मिलाउँदै गठबन्धनलाई जिताउन सम्पूर्ण गठबन्धनका नेता कार्यकर्ता लाग्न आग्रह गरे ।
नेपाली कांग्रेस हेटौंडा १९ का सभापति विष्णुलाल स्याङतानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार विरोध खतिवडा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनप्रसाद गौतम, माओवादी केन्द्रका बीरबहादुर घलान ज्वाला, कांग्रेस मकवानपुर क्षेत्र नं. २ का संघीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मकवानपुर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, नेकपा समाजवादीको जिल्ला सचिवालय सदस्य राजकुमार भेटवाल, माओवादी केन्द्रका सकन्वय समितिका प्रकाश थोकरलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार