Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वतन्त्र उम्मेदवार चेपाङले गरे ईन्द्र बानियाँलाई समर्थन

Screenshot_20221101-20555-1667315593.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खुसीलाल चेपाङले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । 
नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका चेपाङले आफूले पार्टी र गठबन्धनविपरीत जाँदा मुलुकमा लामो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयताजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीमाथि गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने देखिएकाले उम्मेदवारी स्थगित गरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको स्पष्ट पारे । 
उनले आफ्नो उम्मेदवारी स्थगित गरी गठबन्धनका साझा उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई विजयी गराउनसमेत सबै शुभचिन्तकहरुमा आग्रह गरेका छन् । ‘निर्वाचन आयोगमार्फत् मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भएपनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा –२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ती जारी गर्दछु ।’ चेपाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
अबको दिनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरुसँगै घरदैलोमा क्रियाशील हुनेसमेत उनले जानकारी दिए । 
खुसीलालले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धनको अभियानमा साथ दिएको भन्दै मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आभार व्यक्त गरे । ‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलालजीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ । यो निकै महत्वपूर्ण निर्णय हो । म यसको स्वागत गर्दछु । उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ ।’ बानियाँले भने । पत्रकार सम्मेलनमा गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार बानियाँसहित, मकवानपुर १ (क) की उम्मेदवार कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केश घलान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, कांग्रेस राक्सिराङ उपसभापति मोहन नगरकोटीलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार