१६ कार्तिक, हेटौंडा । आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउँने उद्देश्यले मकवानपुरमा नेपाली कांग्रेस निकट युवाहरुलाई परिचालन गरिने भएको छ ।
बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा भएको तरुणहरुको भेलाले युवा परिचालनका लागी निर्वाचन क्षेत्र अनुसार युवा संयोजक तोकेको छ । नेपाल तरुण दल मकवानपुरका सचिव एवं युवा परिचालन समितिका जिल्ला संयोजक सचित थापाको अध्यक्षतामा भएको भेलाले मकवानपुरका दुईवटा संघीय र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागी संयोजक र सह–संयोजक तोकेको हो ।
भेलाले मकवापनुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजकुमार बास्तोलालाई संयोजक र अजय सापकोटालाई सह–संयोजक तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ को (क)मा राम डिमडुङ्ग र १ को (ख)मा संजय श्रेष्ठलाई संयोजक तोकेको छ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा सूर्य रोक्का संयोजक र पेमा लामा सह–संयोजक रहेका छन् भने प्रदेश सभा क्षेत्र नम्बर २ को (क) मा सुमन श्रेष्ठ र २ को (ख)मा ठाकुर तितुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
भेलामा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सचिव भिमसेन महतले गठबन्धनका उम्मेदवाहरुलाई जिताउँने गहन जिम्मेवारी रहेकाले प्राप्त जिम्मेवारी अनुसार काम गर्न आग्रह गरे । सचिव महतले गठबन्धनका उम्मेदवारको जितमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।
भेलामा पार्टी प्रवक्ता अर्जुन चौलागाईँ, जिल्ला सदस्य एवं तरुण विभाग प्रमुख अर्जुन तिवारी, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, महासमिति सदस्य टेकनाथ शिवाकोटी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा जिल्ला सदस्य भुवनलाल श्रेष्ठ तरुण प्रतिनिधि कुमार पोखरेल, मोहमद सकिल राजा, बुद्ध बराम, दिपक थापा, धनबहादुर थिङ, बिक्रम दंगाल, द्रोणाचार्य दहाल, सतिस थापा, नवराज गोपाली लगाएतको उपस्थिति रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















