Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ज्येष्ठ नागरिक प्रतिको सम्मानले काम गर्ने हौसला मिल्छ: डिना

साझा भएर काम गर्छौ: आनन्दराम

313506042_664958651688330-1667395186.jpg

१६ कार्तिक,हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक प्रतिको माया र सम्मानले असम्भव काम गर्ने हौसला प्रदान हुने बताएकी छिन। 

बुधबार हेटौंडा १५ मा रहेकोे दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थल पुगेर उनले जेष्ठ नागरिकलाई सम्मान गर्न सके मात्र ज्येष्ठ नागरिकले प्रति जिम्मेवार रहने र उक्त सम्मानले काम गर्ने हौसला प्राप्त हुने बताएकी हुन्।उनले आश्रय स्थलमा रहेका जेष्ठ नागरिकसँग भलाकुसारी गर्दै आफूले हारे पनि जितेपनि आफु ज्येष्ठ नागरिकको बाँच्ने अधिकारको सुनिश्चित गर्नु  मुख्य एजेण्डा लिएर अघि बढ्नेछ बताइन। डिनाले  एमालेले ज्येष्ठ नागरिकलाई सधैं बृद्धभत्तासंग जोडेर चुनावी नारा बनाउने गरेको भन्दै उनले राज्यले गर्ने सम्मानलाई चुनावी नारा बनाएर अपमान गर्न नहुनेमा जोड दिइन् । संविधान निर्माणको क्रममा जेष्ठ नागरिक र महिलाको अधिकारको लागि हस्ताक्षर गर्ने महिला हुँ’, उनले थपिन्, ‘यहाँ संविधान नै नमान्ने र पटक पटक संविधानमाथि प्रहार गर्नेहरु मिलेर अनेक फोस्रा नारा र झुटा आश्वासन लिएर चुनावी मैदानमा आएका छन् ।त्यस्तालाई चिन्नु र बहिष्कार गर्नु जरुरी छ ।’ मकवानपुरको विकास र समृद्धिका लागि पनि गठबन्धनका उम्मेदवारले जित्न जरुरी रहेको उनको भनाई थियो । करिब ४ बर्ष आफ्नै पार्टीको प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्री हुँदा देखिने काम गर्न नसक्नेहरु फेरि अनेक नारा लिएर भोट माग्न आएको उनको आरोप थियो । 

त्यसैगरी ठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए । गठबन्धनका उम्मेदवारहरु सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायत दलको साझा भएकोले सबैको साझा भएरै काम गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘संविधान पक्षधरहरु अहिले पवित्र उद्देश्यले गठबन्धनसहित चुनावी अभियानमा छौं । संसद्, संविधान र लोकतन्त्र मास्न खोज्नेहरु पनि एक भएर आएका छन्,अब वास्तविक देशभक्त र लोकतन्त्रवादी शक्ति छुट्याउनुपर्ने बेला आएको छ’, उनले भने, ‘२०६२।६३ को आन्दोलनमा दमन गर्ने, राजा फर्काउँछु भन्ने र प्रतिगामी तत्वलाई परास्त गर्नु आवश्यक छ ।’ जनतामाझ जाने कुनै एजेण्डा नै नभएपछि एमालेका नेता कार्यकर्ता तथा उम्मेदवार अहिले गठबन्धन भाँड्न र अनेक भ्रम फैलाउन लागिपरेको पराजुलीले बताए । ‘कांग्रेसले कांग्रेसलाई सहयोग गर्दैन,गठबन्धन दलको नेता कार्यकर्ताको बीचमा एकता छैन, एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्दैन भन्ने भ्रम छरेको पाइएको छ’, उनले भने, ‘यी सब भ्रम हुन् । गठबन्धनमा कुनै समस्या छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार