२८ कार्तिक ,हेटौंडा । हेटौंडा–१६ हटिया चिसापनीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उमेदवार धर्मराज लामिछानेले बामले दाम मात्र कमाएको आरोप लगाएका छन् ।
हेटौंडा–१६ मा प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ ¬(क) का उमेदवार लामिछाने यहि क्षेत्रबाट कम्युनिष्टले जित्दा विकासको नाममा आफ्नो खल्ती भरेर दाम कमाउने काम गरेको आरोप लगाएका हुन् । ‘इन्द्रबहादुर बनियाँअघि यस क्षेत्रबाट जित्ने कम्युनिष्ट उमदेवारले धेरै किसिमबाट आफ्नो खल्ती भरेका छन्’ उनले भने ‘काँग्रेसको जितपछि यस क्षेत्रमा विकासको बहार आएको छ ।
उनले विद्युत, सञ्चार, खानेपानी, सडक र विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता जनाउँदै राप्रपाको तर्फबाट प्रतिनिधिसभा उमेदवार कमल थापा र आफुलाई प्रदेशसभा सदस्यमा जिताउन आग्रह गरे । काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट मात्र संवैधानिक संसदीय व्यवस्था रहिरहने जिकीर गर्दै उनले यहि गठबन्धनले मात्र विकासको मूल फुटाउने बताए ।
हेटौंडा–१६ प्रचारप्रसार संयोजक हरिप्रसाद अर्यालयको अध्यक्षतामा तथा राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुली, काँग्रेस क्षेत्रीय सभापति तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, राप्रपा पूर्व केन्द्रीय सदस्य नवराज बिष्ट र काँग्रेस जिल्ला सदस्य रामदेव शिलवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य दामोदर सुवेदी, काँग्रेस जिल्ला सदस्य भीमसेन महत, हेटौंडा–१६ वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















