१६ कार्तिक, हेटौंडा । शोकका कारण नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औं साधारणसभा स्थगित गरिएको छ । महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन भएकोमा महासंघले शोक व्यक्त गर्दै महासंघको साधारणसभा स्थगित गरिएको हो ।
महासंघको साधारणसभा कात्तिक १९ गतेलाई तोकिएको थियो । महासंघ मकवानपुरको बुधबार आयोजित कार्यसमिति बैठकले पूर्व अध्यक्ष पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै १९ गतेको साधारणसभा स्थगित गर्दै २५ गते साधारणसभा गर्ने निर्णय गरेको हो । शोकको कारण कात्तिक २१ गतेलाई निर्धारण गरिएको एडभान्स पत्रकारिता तालिमसमेत स्थगित गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
पाण्डेको निधनको शोकमा महासंघ मकवानपुरले बुधबार श्रद्धाञ्जलीसभाको समेत आयोजना गरेको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट र नवराज शर्माले पाण्डेको व्यक्तित्व र पत्रकारितामा गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी नेपालका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार), स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतकाको उपस्थिति रहेको थियो ।
महासंघ मकवानपुरका पूर्व अध्यक्ष पाण्डेको ७५ वर्षको उमेरमा गत कात्तिक १० गते निधन भएको थियो । महासंघको नेतृत्वमा बुधबार नै पाण्डेको परिवारलाई भेट गरी समवेदनासमेत प्रकट गरेको छ ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















