Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मेरो उम्मेदवारी जनताको अबस्था बदल्नः उम्मेदवार पुलामी

Prem-Bahadur-Pulami-1-1667436706.jpg

१७ कार्तिक, हेटौंडा । आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले आफुले प्रदेशसभा सदस्य बन्दै जनताको अबस्था बदल्नको लागि जनताबाट अनुमोदन हुन दोहोरिएर उम्मेदवारी दिएको बताएका छन् । उनबुधबार आज बागमती गाउँपालिका ८ साततलेका मतदातालाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।
जनताको लागि जनताले नै शासन गर्ने ब्यवस्था बदल्नको लागि जनयुद्ध र जनआन्दोलन हुँदै २०६४ को निर्बाचनसम्म आइपुग्दा राज्य ब्यबस्था बदल्न उम्मेदवारी दिएको र सोही अनुसार कार्य सम्पन्न गरिएको र अब उक्त ब्यबस्थालाई संस्थागत गर्नको लागि आफुले उम्मेदवारी दिएको उनले स्पष्ट पारे । त्यसैगरी अहिले भने ब्यबस्थामा टेकेर जनताको अबस्था बदल्नु आफ्नो मुख्य कार्यभार भएको उनको भनाई छ ।
जनताले ब्यबस्था बदल्नको लागि शरिरमा घाउ, छर्रा, चोट बोकेर भोको पेट समेत हिडेर ल्याएको बलिदानीबाट प्राप्त ब्यबस्थाको कारण आज समाज जातीय र बर्गिय बिभेद अन्त्यको जग भने बसेको बताउदै उहाँले अब भने पिल्लर हालेर जनतालाई खाना, नाना, छाना, शिक्षा, स्वास्थ्य र रोजगार उपलब्ध गराइने छिन्तुले बताए । आफुहरुले ज्यानको बाजी थापेर ल्याएको परिबर्तनको जगमा जनतालाई खुसी दिने वातावरण बनाइने उनको भनाई छ ।
बागमती गाउँपालिका वडा नम्बर ८ की गठबन्धन संयोजक बिष्णुमाया तिमल्सिना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय गौतम, प्रमिला पुलामी लामा, बागमती प्रदेश सदस्य जिवन गोले, नेपाली काँग्रेसका लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक दामोदर खनाल लगायतको आतिथ्य रहेको कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन बागमती गाउँपालिका ८ नम्बर वडा संयोजक विष्णुमाया तिमल्सिनाको अध्यक्षतामा भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार