१७ कार्तिक, हेटौंडा । मकवानपुरे जनताको सहयोगमा सधैं अग्रसर मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँको सहयोगले अपांगता भएका व्यक्तिहरूको जीवन सहज भएको छ ।
समाजमा रहेका हरेक वर्ग समुदायका पीडा र दर्दमा मल्हम लगाउन पुग्ने नेताको रुपमा परिचित छन् मकवानपुरका ईन्द्रबहादुर बानियाँ । राजनीति समाजसेवा हो भन्ने दृढ संकल्प आफ्नो रहेको बताउने गरेका बानियाँ राजनीतिलाई समाजसेवाको रूपमा लिन्छन् । नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका छन् ।
जनताको हरेक दुःखका सारथीका रुपमा रहेका बानियाँबाट धेरैको जीवन परिवर्तन भएको छ । बानियाँको सहयोगबाट परिवारकै जीवन गुजार्न सफल हुनेमध्येका एक हुन् हेटौंडा-३ स्थित नर्सिङडाँडाका ईन्द्रमानसिंह बस्नेत ।
४१ वर्षीय बस्नेत ५ वर्षअघिसम्म ट्रक चालक थिए । २०७४ सालमा धादिङमा ट्रक दूर्घटना हुँदा उनको दायाँ खुट्टा नै गुमाउनुपर्यो । खुट्टा नै गुमाएपछि चालकको रोजगारी सदाको लागि गुमाउनुपर्यो । बुबा, श्रीमती र छोराको भरणपोषणको जिम्मेवारीसमेत निर्वाह गरिरहेका ईन्द्रलाई आफ्नो खुट्टासँगै रोजगारी नै गुमेपछि ठूलो संकट आइपर्यो । उनले कृत्रिम खुट्टा सहयोगको लागि धेरैतिर हार गुहार गरे । हेटौंडा उपमहानगरपालिका, नारायणी संघलगायतले कृत्रिम खुट्टा पनि सहयोग दियो तर, त्यो खुट्टा धेरै टिकेन ।
परिवारको दैनिकी चलाउन केही वर्षदेखि अटो सञ्चालन गरिरहेका बस्नेतले सहयोगको लागि नेता ईन्द्रबहादुर बानियाँलाई आग्रह गर्दा २ वर्षअघि नगद ५० हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग प्राप्त गरे । ‘त्यतिबेला उहाँले दिएको पैसाले नयाँ कृत्रिम खुट्टा किनेर हिँडे, धेरैपछि त्यो खुट्टाले पनि काम गर्न छाडेपछि फेरि अर्को नयाँ खुट्टा ईन्द्र दाईबाटै प्राप्त गरेको छु ।’ बस्नेतले भने । गत भदौमा बानियाँ आफैंले ७५ हजार रुपैयाँ बराबरको कृत्रिम खुट्टा किनेर दिएपछि बस्नेत झनै खुसी भएका छन् । ‘ईन्द्र दाइ त मेरो जीवनको साथी नै बनिदिनुभएको छ, मलाई सहयोगको लागि धेरैतिर भौतारिएँ तर, कसैबाट राम्रो सहयोग पाइनँ । अहिले ईन्द्र दाइले निरन्तर सहयोग गरिरहनु भएको छ । खुसी छु ।’ बस्नेतले कृतज्ञता व्यक्त गरे । अहिले अटो चलाएर बस्नेतले दैनिक ५ सयदेखि एक हजारसम्म कमाई गरिरहेका छन् । त्यसबाट उनको घर खर्च टरेको छ ।
त्यसैगरी हेटौंडा–९ स्थित बिह्वल पोखरेल पनि बानियाँको साथ र सहयोगबाट पुलकित छन् । २२ वर्षको कलिलो उमेरमै पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा परी मेरुदण्ड भाँचिएका पोखरेलको थेरापी अकुपन्चरलगायतको लागि आर्थिक अभाव भइरहेको थियो । नेता बानियाँले उनको उपचारको लागि तत्कालीन समयमा ५० हजार नगद सहयोग गरेका थिए । बानियाँको सहयोगबाट अकुपन्चर र थेरापी सकेर केही हिँड्नसक्ने भई पोखरेल अस्पतालको बेडबाट निस्किए ।
बानियाँको सहयोग त्यतिमै मात्रै सिमित बनेन । मेरुदण्ड भाँचिएर अपाङ्ग बनेका २७ वर्षीय पोखरेलको परिवारको दैनिकी टार्न सहयोग होस् भनी रोजगारीमासमेत जोडिदिएका छन् । पोखरेल हाल नेपाली कांग्रेस बागमती प्रदेश कार्यालयमा कर्मचारीको रुपमा कार्यरत छन् । उनी भन्छन्– ‘ईन्द्र दाइ त मेरो जीवनमा भगवान नै भएर आउनुभयो । उपचार चाहिएको बेला सहयोग पाएँ, अहिले रोजगारी पाएको छु । घर चलाउन धेरै सहज भएको छ ।’ उनको परिवारमा बुबाआमा र श्रीमती छन् ।
मोटरसाइकल दुर्घटनामा परी बायाँ खुट्टा गुमाएका राक्सिराङ गाउँपालिका वडा नम्बर ४ कोथलीटारका जितन चेपाङलाई पनि केही समयअघि बानियाँले नगद २५ हजार रुपैंया सहयोग गरेका थिए । तत्कालीन नेपाली कांग्रेस संसदीय दलका नेता रहेका बानियाँले संसदीय दलबाट निर्णय गराई चेपाङलाई आर्थिक सहयोग गरेका हुन् ।
आफू दुखी र गरिबको सेवामा हरदम तयार रहेको भन्दै बानियाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले आफू पदमा हुँदा पनि नहुँदा पनि व्यक्तिगत रुपमै भएपनि गरिब र विपन्न समुदायको सुखदुःखमा साथ दिने बताए । बानियाँले भने–‘अबको चुनावपछि कांग्रेस माओवादी, समाजवादीसहितको गठबन्धनको सरकार बन्ने निश्चित छ । त्यसबेला पनि हामीले सरकार तवरबाट गरिब, आवासविहिन, अपाङ्गता भएका, पिछडिएका जनताको लागि विशेष कार्यक्रम ल्याउनेछौं ।’
उनले आफु आफ्नो क्षेत्रको पूर्वाधार विकासमा मात्रै नभई व्यक्तिगत जीवनका जटिल समस्या सुल्झाउन समेत सधैं जनताको साथमा रहेको र रहिरहने बताए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















