Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले उम्मेदवार महेश बर्तौलाले गरे तामाङ समुदायको अपमान

IMG_20221104_150537-1667553668.jpg

१८ कार्तिक, हेटौंडा । एमालेको तर्फ मकवानपुर क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले भोट माग्ने क्रममा तामाङ समुदायको अपमान गरेका छन् । 
बर्तौलाले बिहिबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१ डाँडाखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा तामाङ भाषामै विपक्ष दललाई गाली गर्दै तामाङ समुदायको अपमान गरेका हुन । 
उनले हास्दै तामाङ भाषामा ‘रक्सी खाएर सूर्यमा भोट हालौँ’ भन्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनको अपमान जनक शब्दको उक्त भिडियो सार्वजनिक भएपछि उनीप्रति आदिवासी, जनजाती तथा तामाङ समुदाय रुष्ट बनेका हुन् । 
नेपाल तामाङ घेदुङ्ग संघ मकवानपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बर्तौलाले मतदातासमक्ष ‘आईरक सुङ्री, भोट तोङ्गरी होइन दिनीरी’ अर्थात् ‘रक्सी खाएर भोट रुखमा होइन सूर्यमा’ भन्दै सम्बोधन गरेको र उनको सम्बोधनले आम आदिवासी, जनजाती तथा तामाङ समुदाय केवल रक्सीमा बिक्ने समुदाय हो भन्ने भाव झल्किने निकृष्ट शब्द प्रहार गरेको भनिएको छ। 
संघका अध्यक्ष कालु घलानद्वारा जारी विज्ञप्तिमा सदियौंदेखि रहेको जातीय छुवाछुत, भेदभाव, शोषणबाट मुक्तिका लागि आदिबासी जनजाती समुदायले एकत्रित भई पुर्याएकोे योगदान अनि अथक संघर्षबाट नेपालको संविधानमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुत एवम् भेदभावको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको भएपनि उम्मेदवारबाटै कुनै समुदायप्रति निकृष्ट शब्द प्रहार भएको भन्दै आपत्ती जनाएको उल्लेख गरिएको छ। 
घेदुङले निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय मकवानपुर र निर्वाचन आचारसंहिता अनुगमन समितिसमक्ष बर्तौलालाई कारबाहीको मागसमेत गरेको छ । आम समुदायमाथि आघात पुग्ने यस किसिमको अभिव्यक्ति नदिन र समाजिक एकता तथा सहिष्णुता कायम राख्नसमेत घेदुङले सबैलाई आग्रह गरेको छ । 
यस विषयमा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले उम्मेदवार बर्तौलाले त्यस किसिमको सम्बोधन गर्नु आचारसंहिता विपरित हुने र कारबाही प्रकृया अघी बढाइने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार