Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा महिला साक्षरता अभियानको अगुवा 'डिना'

313928329_618462963339764-1667557672.jpg

१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । 
कांग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधिसभाको उम्मेदवार बनेकी छन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन आएको उनी बताउँछिन् । 
सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको डिनाको भनाई छ । 
डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन् । 
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । २०३९ सालबाट नेपाली कांग्रेसमार्फत राजनीति गर्दै आएकी छन् । नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा उनी जेल समेत परिन् ।
गिरिजाबाबु, नोना कोइराला, सुशिल कोइराला शैलजाहरुसँगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना, संविधान निर्माणसँगै महिला, आदिवासी जनजाती र दलितहरुको क्षेत्रमा थुप्रै काम गरेकि छन् । 
डिना मकवानपुरमा पहिलोपटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता समेत हुन् । उनले प्रौढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेकी थिइन् । मकवानपुरमा पहिलो (एनजीओ) गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । 
महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डिनाले आँफै पैसा उठाएर गाउँमा शिक्षक पाउन मुश्किल, पढेका मान्छे थिएनन् त्यसैले बजारबाट शिक्षक पठाएर पनि कार्यक्रम निरन्तर गरिरहिन् । आफ्नो घर भएको वडामा समेत निरक्षर महिलाहरु निकै भएको पाएपछि उनले सुरुमा २ वटा साक्षरता कक्षा सञ्चालन गरिन् । 
शुरुमा विभिन्न उद्योगहरुसँग सहयोग मागेर ५–७ वटा महिला साक्षरता कार्यक्रम सञ्चालन गरेकी उनले गैरसहकारी संस्था दर्ता गरेंपछि नेपाल महिला संघको संस्थापक केन्द्रिय अध्यक्ष मंगलादेवी सिंहवाट शेड्पा भन्ने आइएनजीओसँग समन्वय गराएर साक्षरता अभियान, महिला प्रौढ शिक्षा, महिला सीप तालिम, परिवार नियोजन, परिवार व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई वृहत रुपमा सञ्चालन गरिन् । 
नेपाल महिला संघमार्फत उनले किशोरी शिक्षा, स्कुलमा पिटिए भनेर ‘पारेन्ट्स टिचर एशोसियसन’ गठन गर्ने प्रकृया र महिलाहरुको शिप स्वास्थ जस्ता अनेकौ कार्यक्रम मकवानपुरमा सुरु गरिन् । 
माओवादी र शसस्त्र आन्दोलनको द्धन्द्धमा समेत उक्त कार्यक्रमको निरन्तरता र सन्चालन भईरहेको थियो । उनले मकवानपुरमा कृषक पाठशाला कार्यक्रम समेत सञ्चालित गरिन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार