१८ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका १ का नेपाली कांग्रेसका नेता श्यामकुमार बलले आफूले पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेको भनी भ्रम फैल्याएको बताएका छन् ।
नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भीमफेदी १ नम्बर वडा अध्यक्षसमेत निर्वाचित बललाई सामाजिक गतिविधिबारे छलफल छ भन्दै लगेर फोटो खिचाएर एमाले प्रवेश गरेको भ्रम फैल्याइएको बताएका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै आफूले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको भन्ने हल्ला भ्रम मात्र भएको र आफू कांग्रेसमै आवद्ध रहेको बताएका हुन् । आफू लामो समयदेखि कांग्रेसमै रहेको र अझै निरन्तर कांग्रेसमै रही जनताको सेवा गरिरहने उनले प्रतिवद्धता जनाएका छन् ।
माओवादी केन्द्रको बागमती प्रदेश खेलकुद इन्चार्ज जनक बर्तौलाका अनुसार बुधबार एमालेका कार्यकर्ताहरुले सामाजिक गतिविधिबारे छलफल गर्न भनी बललाई झुक्काएर एक कार्यक्रममा सहभागी गराएको थियो ।
‘गैरराजनीतिक विषयमा सल्लाह छ भनी बोलाएकाले म गएर केहीबेर बसेको हुँ तर, एमाले प्रवेश गरेको भन्ने गतल प्रचार गरियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनप्रति जनमत उर्लिएको देखेर गठबनधनको मत घटाउने उद्देश्यले विचलित मानसिकताबाट ग्रसित भएर एमालेले यस्तो काम गरेको हो ।’–उनले भने ।
बलले आफु लामो समय देखि नेपाली काग्रेस पार्टी प्रति आस्थावान रही आएकाले गलत प्रचारको विश्वासमा नपर्न सबैमा अनुरोध गरे ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















