Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहा नगरमा पर्यटनको उच्च सम्भावना छः मन्त्री श्रेष्ठ

313480268_409661457894031-1667558515.jpg

१८ कार्तिक, काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताएका छन् ।
शुुक्रबार थाहा नगरपालिकाले काठमाण्डौंको बसन्तपुरमा आयोजना गरेको थाहा नगर र ईन्द्रसरोवर आसपासका फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताए ।
“थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रदर्शनीले देशकै पर्यटन प्रवर्धनमा सहयोग पुग्छ । नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले यो फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटकहरुका लागि नयाँ गन्तब्य सूचित गर्ने विश्वास लिएको छु । ” मन्त्री श्रेष्ठले भने ।
थाहा नगरपालिका लगायत आसपासको क्षेत्रको पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रदर्शनी आयोजना गरिएको थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले बताए । प्रदर्शनीमा थाहा नगरलाई चिनाउने प्राकृतिक सुन्दरता, ऐतिहाँसिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्विरहरु राखिएको प्रमुख बिष्टले जानकारी दिए ।
प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी फोटो प्रदर्शनी आयोजना गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताए ।
प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहने र कात्तिक २० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने संयोजक श्रेष्ठले जानकारी दिए
नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापनमा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण बिडारी, सहकारी अभियान्ता बिष्णुहरि ढकाल ‘जंगली’, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, फरक सोचका संयोजक यादब जंग रायमाझी, पालुङ जेसीज बर्ष २०२२ का अध्यक्ष जयराम खत्री, ईन्द्रसरोबर गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रल्हाद कार्की, थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार