Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनले जीते मकवानपुरलाई फाइदाः नेता पराजुली 

313927441_782097876202086-1667559703.jpg

१८ कार्तिक, हेटौंडा । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनले जिते मकवानपुरलाई फाईदै फाईदा हुने बताएका छन् । 
शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै पराजुलीले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मकवानपुरका २ क्षेत्रमा साझा उमेदवारका रुपमा गठबन्धन बनाएर उम्मेदवारहरुलाई अगाडी सारेको बताउँदै मकवानपुरमा गठबन्धनको जित हुन सके सिंगो मकवानपुरको विकासमा फड्को मार्ने बताएका हुन् ।
उनले गठबन्धनबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट महालक्ष्मी उपाध्याय डिनाले विजयी हासिल गरेको खण्डमा केन्द्रीय मन्त्री हुने पक्का भएको हुदाँ मकवानपुरको विकास निर्माण राम्रै छाप पर्ने बताएका हुन् । 
यसका लागि यस क्षेत्रका मतदाताहरुले उपाध्यायलाई जिताउन लागिपर्न आग्रह गरेका छन् ।  त्यस्तै उनले  सोही क्षेत्रबाट प्रदेश सभा क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धन उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुको विजयमा प्रदेश मन्त्री हुने हुदाँ पूर्वी मकवानपुरको विकासमा फड्को मार्ने बताए ।
यसका लागि यस क्षेत्रका मतदाताहरुले पुलामीलाई जिताउन लागिपर्न आग्रह गरेका छन् । उनले आफु पनि सोही क्षेत्रको (ख)मा गठबन्धनकै उम्मेदवार रहेकाले आफुले विजयी हासिल गरेको खण्डमा यस क्षेत्रको विकासमा आफुले अगाडी बढाएका विकासका कामहरु पुरा हुने, समृद्ध मकवानपुर बन्नमा सहयोग पुग्ने बताएका थिए । यसका लागि आफुलाई विजयी गराउन आम यस क्षेत्रका मतदातासँग आग्रह गरेका छन् ।  
यस्तै क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका समाजवादी नेता विरोध खतिवडाले विजयी हासिल गरेको खण्डमा उनी पनि केन्द्रीय मन्त्री बन्ने पक्का रहेको हुदाँ यस क्षेत्रको विकासमा फाइदा पुग्ने बताए छन् । 
नेता पराजुलीले यसै क्षेत्रबाट (क)मा गठबन्धनबाट माओवादी नेतृ कुमारी मोक्तान उम्मेदवार रहेको र उनको विजयीमा प्रदेश सरकारले मकवानपुरबाट अर्को मन्त्री पाउने हुदाँ त्यसभेगको विकासमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउँन जरुरी रहेको बताएका थिए ।
यस्तै (ख) क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विजयी हासिल गरेको खण्डमा प्रदेश सरकारको मुख्यमन्त्री जस्तो पदमा पुग्ने निश्चित रहेकाले उनलाई विजयी गराउनु जरुरी रहेको नेता पराजुलीले बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न कन्जुसाई गरेमा पछि पछुतो मान्नुपर्ने अवस्था नआउन उद्द्योष गरेका थिए ।  
देशमा सुखशान्ति समृद्धि ल्याउन गठबन्धनलाई देशैभरी विजयी गराउन आम कार्यकर्ताहरुमा अनुरोध गर्दै नेता पराजुलीले आफ्ना आन्तरिक समस्याहरुलाई भुलेर मकवानपुरमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिई विजयी गराएको खण्डमा केन्द्रीय मन्त्री देखी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यसै जिल्लाबाट पाइने हुदाँ सिंगो मकवानपुरको विकास लागि गठबन्धनले जितेको खण्डमा फाइदैफाइदा हुने नेता पराजुली बताउछन् ।    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार