फाइल तस्विर
१८ कार्तिक, हेटौंडा । जाडोमा चेपाङ, दलित तथा विपन्न बस्तीमा कम्मल बोकेर होस् या विपतिमा परी खान नपाएकाको घरमा चामलको बोरा बोकेर होस्, सबैका खाना र नानासँग जोडिने नेता हुन् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ ।
बानियाँले निरन्तर विपन्नहरूलाई लक्षित गरेर खाना र नानासँग जोडिएर धेरै महत्वपूर्ण कामहरु गरेका छन् । खाद्यान्न, लत्ता कपडाका साथै अन्य आधारभूत आवश्यकता पूरा गर्न बानियाँले नगद पनि सहयोग गर्ने गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति भएपछि प्रदेश समितिमार्फत बानियाँले मकवानपुर, धादिङ र चितवनका चेपाङ, दलित तथा विपन्न समुदायका एक हजार तीन सय परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेका थिए । जसमध्ये गत वर्षको जाडोेयाममा मकवानपुरको विकट राक्सिराङ र मनहरीका मात्रै ६ सय १० परिवारले बानियाँमार्फत न्यानो कपडा सहयोग पाएका थिए ।
गत वर्र्षकोे भदौ महिनामा बानियाँले मकवानपुरको मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाका गरिब, विपन्न, तामाङ तथा लोपोन्मुख वनकरिया गरी ५ सय परिवारलाई दाल, चामल, चिनी, नुनलगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए । ‘विपन्नताका कारण गाँस र कपासको समस्या हुने हरेक नागरिकलाई मेरो क्षमताले भ्याएसम्म हिजोका दिनमा सहयोग गरेँ, अबको दिनमा पनि निरन्तर गर्ने छु । म गरिब र निमुखाको सेवा गर्नकै लागि राजनीतिमा आएको हुँ ।’ नेता बानियाँ भन्छन्–‘अरु पार्टीले आफूहरु गरिबको पार्टी भन्छन् तर कांग्रेस चाहिँ गरिबलाई आवश्यक सहयोग र वातावरण दिई धनी बनाउने पार्टी हो ।’
बानियाँले आफू प्रदेशसभा सांसद भइरहँदा पाउने तलवी सुविधा पनि सधैं जनताकै काममा लगाए । कोरोना महामारी चरम अवस्थामा पुगेको बेला जनताको जीवनरक्षाको लागि सरकारलाई पनि चर्को दबाब दिएका बानियाँले आफ्नो तलवबापत प्राप्त भएको रकमबाट २०७६ चैतमा राक्सिराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख र मनहरी गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख रुपैयाँ सहयोग गरे । सडक मानवको उद्धार गरी भरणपोषण गरिरहेको मानव सेवा आश्रमलाई पनि बानियाँले २०७८ असोजमा एक लाख रुपैयाँ दान दिए ।
कोरोना महामारीबाट विश्व नै आतंकित भइरहेका बेला पनि बानियाँमा भने जनताकै सेवा भाव जागिरह्यो । कोरोनाका कारण भएको लकडाउनका कारण ज्याला गर्न नपाई भोकभोकै घरभित्रै थुनिएकाहरुको ढोका–ढोकामा बानियाँ हाजिर भए । चामल, दाल, तेल, नुन, तरकारीलगायतका महिनौ चुलो बाल्न पुग्ने खाद्यान्न बोकेर उनी जनताको भोक मेट्न पुगे ।
कोरोना महामारीको समयमा २०७८ जेठ महिनामा विपन्न तथा भोकमरीमा परेका परिवारलाई खाद्यान्न वितरणमा मात्रै उनले २० लाख रुपैयाँ खर्चिए । राक्सिराङ गाउँपालिका वडा नम्बर ७ र ९ नम्बरका एक हजार परिवार चेपाङ तथा विपन्न तामाङ समुदायलाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए ।
२०७८ असार महिनामा पनि बानियाँले व्यक्तिगत खर्चमा हेटौंडा–१४ र १५ नम्बर वडामा ६ सय ८० परिवारलाई प्रति परिवार एक÷एक बोरा चामल, तेल, नुन, दाल, मस्यौरालगायतका खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।
कोरोनाकै समय २०७८ जेठमै हेटौंडा–१३ र १८ का विपन्नका घरमा पनि बानियाँ खाद्यान्न बोकेर पुगे । दुइ वडामा उनले एक सय ६० परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बानियाँको नजर विपन्नको घरमा मात्रै छैन । विभिन्न कारण जेलमा पुगेका आफ्ना क्षेत्रका नागरिकलाई चाडपर्व मनाउनको लागि कारागारसम्मै पनि पुग्ने गरेका छन् । दशैंको बेला बानियाँ ६० हजार नगदसहित दशैं मनाउन खसी नै बोकेर भीमफेदी कारागारका कैदीबन्दीलाई भेट्न पुगेका थिए । बानियाँ प्रदेश सभापति भइसकेपछि सिन्धुलीमा हात्ती पीडित १ सय ४० परिवारलाई नगद पाँच हजार रुपैयाँसहित खाद्यान्न सहयोग पनि गरेका थिए ।
मकवानपुरे नेता बानियाँ हरेक दिनजसो विपन्न, गरिब र असहायहरुसँग भेटघाट गर्छन् । उनीहरुको समस्या सुन्छन् र समाधानको पहल गर्ने गर्दछन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं गृृहराज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका बानियाँ हाल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति छन् ।
यसअघि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् । आफू पदमा हुँदा र नहुँदा पनि सधैं जनमुखी काम गरेको भन्दै बानियाँले आफूलाई जनताले निर्वाचित गराउनेमा विश्वस्त रहेका छन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















