Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्छः डिना

314390971_474543924649484-1667563768.jpg

१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताएकी छिन् । 
चुनावी कार्यक्रम अन्तर्गत शुक्रबार बकैया गाउँपालिका–२ धियाँलमा भएको कार्यक्रममा उनले गठबन्धनले हारेर एमालेले जिते फेरि प्रतिगमनको खतरा हुने बताएकी हुन् । गाउँपालिका र प्रदेश सरकारले गर्न नसक्ने ठूला योजनालाई गाउँगाउँमा ल्याउने उनको प्रतिबद्धता रहेको छ । 
‘यहाँ धियाँलमा खानेपानी र सिचाईंको क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ । यसका लागि यथाशिघ्र काम गर्नेछु’, डिनाले थपिन्, ‘जिम्मेवारी लिएर सिमानाको विवाद पनि टुङ्याउनेछु ।’ बर्षौंदेखि सुकुम्बासीले लालपूर्जा नभएको प्रसंमा उनले चुनावपछि हातहातमा लालपुर्जा पु¥याउन आफैं आउने प्रतिबद्धता जनाइन् । 
नेपाललाई यो अवस्थासम्म ल्याउन गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालले भूमिका खेलेको स्मरण गर्दै उनले मुलुको विकास र समृद्धिका लागि गठबन्धन बनेको जानकारी दिइन् । केपी ओलीको निरंकुसता र उनले पटक पटक संसद् विघटन गर्दै जनमतमाथि प्रहार गरेपछि मुलुक जोगाउन कांग्रेस, माओवादी, नेकपा एस लगायतका दलहरु एक भएको उनको भनाई थियो । 
डिनाले मंसिर ४ को निर्वाचनलाई आफ्नो भविष्यसंग जोडेर हेर्न र सत्तारुढ गठबन्धनलाई जिताउन मतदातासंग आग्रह गरिन् । निर्वाचनपश्चात कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने दावी गर्दै उनले जनताको सुखदुःखमा साथै रहनका लागि समानुपातिक छोडेर प्रत्यक्षतर्फ निर्वाचनमा होमिएको डिनाको भनाई थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार